
जलेश्वर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा राजतन्त्र ब्युँताउनु दिवास्वप्न हुने बताउनुभएको छ ।
जनता समाजवादी पार्टी नेपालको ‘महोत्तरी जिल्ला अधिवेशन’को उद्घाटन सत्रमा उहाँले नेपाली जनताको त्याग र बलिदानीले ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र कसैले चाहेर पनि समाप्त नहुने बताउनुभयो ।
अध्यक्ष यादवले केही व्यक्ति र केही शक्ति मिलेर लोकतन्त्र समाप्त गरी देशमा राजतन्त्र ब्युँताउने प्रयास गरिरहे पनि जनता सजग र चनाखो भएकाले उनीहरुको प्रयास असफल हुने बताउनुभयो । उहाँले वर्तमान सरकारप्रति जनतामा आक्रोश र निराशा रहेको समेत उल्लेख गर्नुभयो ।
देशमा विद्यमान नकारात्मक र निराशाजनक परिस्थितिको जिम्मेवार वर्तमान सरकार रहेको र उनीहरुलाई आउने दिनमा जनताले निर्वाचनमार्फत जवाफ दिने उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा