
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले आन्दोलनरत शिक्षकहरुको माग वार्ताबाट समाधान गर्न आग्रह गरेको छ । आयोगले मंगलबार विज्ञप्ति जारी गरेर वार्ताबाट समाधान गर्न सरकारसँग आग्रह गरेको हो ।
‘आन्दोलन लम्बिँदै गएमा एसईई परीक्षाको नतिजा, कक्षा १२ को परीक्षा र बालवालिकाको भर्ना अभियान समेत प्रभावित हुने देखिएको छ,’ आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘साथै, आन्दोलनका कारण माइतीघर क्षेत्रमा तेह्र दिनदेखि सहज आवागमनमा समेत अवरोध सिर्जना भएको अनुगमनवाट पाइएको छ ।’
आयोगले शिक्षकहरुले आफ्ना माग सम्बोधन गराउन आन्दोलन नै गर्नुपर्ने अवस्था आउनु चिन्ताको विषय भएको उल्लेख गरेको छ । ‘विद्यालयका शिक्षकशिक्षिकाहरूले आफ्नो वृत्तिविकासका साथै संस्थागत हकहितका लागि माग राख्नु, विचार व्यक्त गर्नु, शान्तिपूर्ण प्रदर्शन गर्नु मानव अधिकारको मूल्य मान्यता अनुकुल नै हुन्छ,’ आयोगको विज्ञप्तिमा उल्लेख छ, ‘तर आफ्ना मागहरु सम्बोधन गराउन आन्दोलन नै गर्नुपर्ने वातावरणको सिर्जना हुनु चिन्ताको विषय हो । विद्यालयहरू बन्द हुँदा बालबालिकाको शिक्षाको अधिकारको सुनिश्चितामा बाधा उत्पन्न हुने देखिएको छ ।’
आयोगले शिक्षकसँग विगतमा भएको सहमति कार्यान्वयन गर्न समेत सरकारलाई आग्रह गरेको छ । ‘शिक्षा जस्तो संवेदनशील क्षेत्रमा देखिएको समस्याको वार्तावाट समाधान गरी पठनपाठन सुचारु गर्न, कानून निमर्माणमा सम्बन्धित पक्षसँग पर्याप्त छलफल तथा परामर्श गरी विद्यालय शिक्षासम्बन्धी कानुनलाई समयसापेक्ष बनाउन एवम् शिक्षकहरूसँग विगतमा नेपाल सरकारले गरेका सम्झौताहरूको कार्यान्वयन गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै