
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूले मैले अहिेलेसम्म एक जनालाई समेत नपिटेको बताउनु भएको छ ।
काठमाडौँ । माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफूले मैले अहिेलेसम्म एक जनालाई समेत नपिटेको बताउनु भएको छ ।
माओवादीले द्वन्द्धकालमा १७ हजार मारे भन्ने आरोप लाग्न थालेपछि अध्यक्ष दाहालले शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा यस्तो बताउनु भएको हो । ‘एकथरी मानिसहरु, इतिहासलाई पछाडितिर धकेल्न चाहनेहरुले १७ हजारको हत्यारा भनिरहँदा, होइन यो त युद्धको नियमअनुसार युद्धमा भएको कुरा हो । राज्य पक्षले कति मार्यो, विद्रोहीले कति के गर्यो भन्ने कुरा त अध्ययन गर्न सकिन्छ, अनुसन्धान गर्न सकिन्छ’ उहाँले भन्नुभयो तर के यो आरोप सत्य हो १७ हजार माओवादीले, अझ प्रचण्डले आजभोलि त भन्ने, मैले एक जनालाई पिटेको पनि छैन अहिलेसम्म । हत्याको कुरै छोडिदिनुस् ।’
उहाँले तत्कालीन युद्धको नेतृत्व आफूले गरेको र शान्तिमा आएपछि सम्पूर्ण कुराको जिम्मा लिएको बताउनु भयो ।
व्यक्तिको कुरा गर्ने हो भने युद्धको नेतृत्व मैले गरेको हो । मैले शान्तिमा आएपछि सम्पूर्ण कुराको जिम्मा म लिन्छु भनेकै थिएँ उहाँले भन्नुभयो तर यति धेरै गलत आरोप लागिराख्दा म विभिन्न बुद्धिजिवी, राजनीतिक दल, सात राजनीतिक दल, त्यतिबेला सबैले मिलेर १२ बुँदे समझदारी गरेको हो, शान्ति सम्झौता गरेको हो । त्यही पनि बोलेको कोही पनि मैले त्यति देख्न पाएको छैन । तपाईँहरु पनि कोही बोल्न चाहनुभएको छैन ।’
उहाँले भन्नुभयो तपाईँहरु पनि यसमा बोल्नु भन्दा नबोल्नु नै ठिक छ भनेको जस्तो गरेको देख्छु मैले । यो ठीक छैन । यसरी शान्ति प्रक्रियालाई साँचो अर्थमा निष्कर्ष र दिगो बनाउन सकिँदैन । सत्यलाई सत्य भनेर राख्ने आँट हामी गर्न सकिँदैन भने कसरी समाजलाई नयाँ स्थायित्व र रुपान्तरणतिर लैजान सकिन्छ भन्ने प्रश्न म राख्न चाहन्छु ।’
अध्यक्ष दाहालले सबै नेताहरु उस्तै हुन् भन्ने भाष्य बनाइएकोमा पनि आपत्ति जनाउनु भएको छ ‘आजभोलि एउटा भाष्य बनाइएको छ । सबै उस्तै, उस्तै । लोकतन्त्रलाई नेतातन्त्र भनिदिएको छ । सबै नेता उस्तै हुन् भनिदिएको छ । सबै पार्टी उस्तै हुन भनेको छ । त्यो भनेर फाइदा निरंकुश र तानाशाहीलाई भएको उहाँले भन्नुभयो यो विषय पनि यहाँ पनि सबै उस्तै हुन्, अथवा माओवादी मात्रै १७ हजारको जिम्मेवार हो । हत्यारा हो, आतंककारी हो भन्ने भाष्य हो भने विस्तृत शान्ति सम्झौता र त्यो शान्ति सम्झौता अन्तरिम संविधानको अंग भएको कुरालाई हामी के भन्छौँ छ ? त्यो गलत हो ? त्यो त होइन, हामी कोही भन्दैनौँ । किन हामी बोल्दैनौँ भन्ने मेरो प्रश्न हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- द न्यूयोर्क टाइम्सले लेख्यो पोखरा विमानस्थलमा भएको भ्रष्टाचार मुद्दा
- दिगो विकास कार्यान्वयन गर्न २११ खर्ब ६५ अर्ब आवश्यक
- मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग
- सिंहदरबार आसपास प्रहरीको ब्यारिकेड, सवारी संचालनमा पूर्ण रोक
- अध्यक्षसहितका नेताहरु पक्राउ परेपछि राप्रपाद्वारा आकस्मिक बैठक आव्हान
- राप्रपा अध्यक्ष लिङ्देनसहित शीर्ष नेताहरु सिंहदरबारबाट पक्राउ
- तनहुँमा माइक्रोबस र स्कुटर ठोक्किँदा २ जनाको मृत्यु, १४ घाइते
- ‘पूर्वराष्ट्रपति, उपराष्ट्रपतिलाई पुनःराजनीतिमा फर्कन बन्देज छैन’
- एकीकृत समाजवादीले सम्झिँदै सुखानी
- आन्दोलनका कारण सर्वसाधारणलाई सास्ती