+

वर्तमान सरकारको मुहार झल्काउने दाउन्ने सडक

नवलपरासी । दाउन्नेमा हिलोले सवारी आवागमनमा समस्या निम्तिएको छ । राजमार्ग निर्माण गर्ने ठेकेदारले बिहानै धुलाम्य राजमार्गमा पानी हाल्नुका साथै बिहानदेखिको झरीका कारण गाडी चिप्लिन थालेपछि सवारी आवागमनमा समस्या भएको हो ।


जिल्ला प्रहरी प्रमुख यादव ढकालका अनुसार धुलाम्य राजमार्गमा पानी हालेकै अवस्थामा गाडी चिप्लिन थालेका थिए । त्यसमा अझ बिहानदेखि झरी परेका कारण राजमार्गको बाक्लो धुलो हिलोमा परिणत भएछि राजमार्गमा चिप्लिएर गाडी हिँड्नै नसक्ने अवस्था भएको हो ।

पश्चिमबाट पूर्वतर्फ जाने गाडी बर्दघाट, सुनवल क्षेत्रमा रोकिएको र काठमाडौँ, पोखरा र विरगन्जबाट पश्चिम तर्फ जाने गाडी गैंडाकोट, रजहर, कावासोती, चोरमारा र अरुणखोलमा रोकेको ढकालले जानकारी दिनुभयो । 

बिहीबार बिहानदेखि पूर्वी नवलपरासीमा सामान्य बर्ष भएको छ । राजमार्ग फराकिलो पार्न दाउन्नेमा सडक भत्काएर छोडेका कारण २, ३ फिटसम्मै बाक्लो धुलो छ ।

राजमार्गमा थुप्रिएको धुलो नबगाई पानी हालेका कारण राजमार्ग हिलाम्य भएको प्रहरीले बताएको छ । हिलाम्य सडकमा गाडी गुडाउँदा चिप्लिने र सडकमा बाङ्गो भएर तेस्रिने गरेकाले दाउन्नेमा राजमार्गमा सवारी साधन सहज रुपमा आउजाउ गर्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट