
काठमाडौँ । चैत १५ गते तीनकुनेको प्रदर्शनपछि फरार रहेका दुर्गा प्रसाईंले भूमिगत स्थानबाट पुनः अर्को भिडियो सन्देस जारी गर्दै आफू नेपालमै रहेको बताएका छन् । बुधबार सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै प्रसाईंले आफ्नो ज्यानको सुरक्षा हुने हो भने २४ घण्टाभित्रै आफू आउन तयार रहेको बताएका हुन् ।
‘पुलिसले खोज्न पर्दैन । म नेपालमै छु, कुनै ठाउँमा छु । मानवअधिकारकर्मी र अधिवक्ताहरूको रोहबर हुने भने म २४ घण्टाभित्र आउँछु, प्रसाईंले भनेका छन् । उनले नयाँ योजना बनाइरहेको समेत बताएका छन् । प्रसाईंले भनेका छन्, ‘मेरो जीवनको ग्यारेन्टी हुन्छ भने म २४ घण्टाभित्र उपलब्ध हुन्छु ।’
त्यस्तै उनले आफूबाट आन्दोलनको नेतृत्व हत्याउने षड्यन्त्र भएको पनि बताए । प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र आफूलाई राजावादी पार्टीको नेता बताउने एक जना मिलेर उक्त षड्यन्त्र रचिएको पनि उनको आरोप छ । ती राजावादी व्यक्तिका बारेमा भने पछि खुलासा गर्ने प्रसाईंको दाबी छ ।
आफ्नाबारेमा मिडियाहरूमा मिम र जोक बनेको पनि उनले बताए । ‘धेरै मिडियाहरूमा मेरो विषयमा मिम बनाउने काम भयो । मलाई जोकर बनाउने काम भए । दुर्गा प्रसाईं, मुर्गा प्रसाईं भनेर उडाइयो । ती देखेर मलाई अचम्म लाग्यो,’ उनले भने । ‘आफू पेरुको गोन्जालो नबन्ने उल्लेख गर्दै उनले भने, हजार माइलको यात्रा शून्यबाट शुरु हुन्छ । भिजन र यात्रा एक व्यक्तिबाटै शुरु हुन्छ । दुर्गा प्रसाईं भनेको विचार हो । हरहर दुर्गा, घरघर दुर्गा हुन्छ । म रहेँ भने यो जनविद्रोह सफल हुन्छ । नभए जनविद्रोह दबिएर जान्छ । ‘म पेरुको गोन्जालो बन्न चाहन्नँ । गोन्जालोलाई पक्रेर मारियो । त्यसपछि पेरुको जनविद्रोह सकियो । म नेपालीहरूको लिडर बन्न चाहन्छु ।’
त्यस्तै आफू आएपछि चैत १५ गते तीनकुने प्रदर्शनका क्रममा मृत्यु भएका सविन महर्जन र सुरेश रजकका परिवारलाई ५ ५ लाख रुपैयाँ दिने पनि प्रसाईंले घोषणा गरेका छन् । यसअघि चैत १७ गते पनि प्रसाईंले भिडियो सार्वजनिक गर्दै आफू काठमाडौँको कुनै एउटा मन्दिरमा रहेको बताएका थिए । तर उनी चढेको स्कोर्पियो भने इटहरीबाट प्रहरीले बरामद गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- द न्यूयोर्क टाइम्सले लेख्यो पोखरा विमानस्थलमा भएको भ्रष्टाचार मुद्दा
- दिगो विकास कार्यान्वयन गर्न २११ खर्ब ६५ अर्ब आवश्यक
- मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग
- सिंहदरबार आसपास प्रहरीको ब्यारिकेड, सवारी संचालनमा पूर्ण रोक
- अध्यक्षसहितका नेताहरु पक्राउ परेपछि राप्रपाद्वारा आकस्मिक बैठक आव्हान
- राप्रपा अध्यक्ष लिङ्देनसहित शीर्ष नेताहरु सिंहदरबारबाट पक्राउ
- तनहुँमा माइक्रोबस र स्कुटर ठोक्किँदा २ जनाको मृत्यु, १४ घाइते
- ‘पूर्वराष्ट्रपति, उपराष्ट्रपतिलाई पुनःराजनीतिमा फर्कन बन्देज छैन’
- एकीकृत समाजवादीले सम्झिँदै सुखानी
- आन्दोलनका कारण सर्वसाधारणलाई सास्ती