+

बागलुङमा वडा अध्यक्ष मृत भेटिए

बागलुङ । बागलुङमा वडा अध्यक्ष मृत अवस्थामा भेटिएका छन्  । ताराखोला–३ का वडाध्यक्ष कर्णबहादुर भण्डारी मृत अवस्थामा भेटिएका हुन् । 


वडा अध्यक्ष भण्डारी आज बिहान ११ बजे घर नजिकै रहेको काठको बलोमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । 

वडा अध्यक्ष भण्डारी डोरीको पासो लगाई झुण्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरी घटनास्थलमा पुगेर शव निकालेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिनुभयो । 

ताराखोला प्रहरी चौकीबाट प्रहरी नायव निरीक्षक विष्णुप्रसाद शर्माको कमाण्डमा ४ जना र थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय गलकोटबाट प्रहरी देवराज काफ्लेको कमाण्डमा ७ जनाको प्रहरी टोली घटना स्थलमा पुगेको प्रहरीले जनाएको छ । 

भण्डारी विसं २०७९ को स्थानीय तह निर्वाचनमा भण्डारी नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट