+

काठमाडौँ उपत्यकासहित अधिकांश स्थानमा आज वर्षाको सम्भावना


काठमाडौँ । भारतमा विकसित न्यूनचापीय प्रणाली र पश्चिमी तथा स्थानीय वायुको आंशिक असरले काठमाडौँ उपत्यकासहितका जिल्लाहरुमा आज बादल लागेको छ ।


कोशी प्रदेशबाट भित्रिएको यो प्रणालीको असरले कोशीदेखि लुम्बिनी प्रदेशसम्मका पहाडी जिल्लाहरुमा छिटपुटदेखि हल्का खालको वर्षा हुने सम्भावना समेत छ । वर्षाले अहिलेको प्रदूषणबाट केही राहत मिल्ने छ ।

मौसमविद हरिप्रसाद दाहालले आज अपराह्नदेखि काठमाडौँ उपत्यकासहित पहाडी जिल्लाहरुमा पानी पर्ने सम्भावना रहेको बताउनुभएको छ । उहाँका अनुसार आजको तुलनामा भोलि बुधबार अलि बढी पानी पर्ने सम्भावना छ । ‘पूर्वदेखि पश्चिमसम्मै पहाडी जिल्लाहरुमा वर्षाको सम्भावना छ,’ मौसमविद दाहालले भन्नुभयो, ‘मंगलबार छिटफुट खालको र बुधबार हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ ।’

मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू भागका थोरै स्थानहरूमा तथा देशका बाँकी भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको उल्लेख छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का वर्षा र हिमपातको समेत सम्भावना छ ।

आज अपराह्न काठमाडौँमा पनि हल्का वर्षाको स्म्भावना छ । लुम्बिनी प्रदेशदेखि पश्चिमका भूभागमा भने एक–दुई स्थानमा मात्रै वर्षाको सम्भावना रहेको मौसमविद दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट