
काठमाडौँ । सहकारी पीडितहरुले रास्ट्रपति कार्यालय घेराउ गरेका छन् । सहकारी पीडितहरु आज रत्नपार्कमा भेला भएर राष्ट्रपति कार्यालयनजिकै धर्ना दिएका हुन्।
आफूहरुको बचत रकम निशर्त फिर्ता पाउनुपर्ने मागसहित लामो समयदेखि आन्दोलनरत उनीहरूले राष्ट्रपति भवनअगाडि नै धर्ना दिन खोजेका थिए । तर, प्रहरीले निषेधित क्षेत्र तोकेर रोकेपछि उनीहरू त्यहीँ रोकिए।
सहकारी पीडितहरुले सहकारीको स्वनियमन खारेज गर, पीडितको बचत रकम फिर्ता हुने सुनिश्चित गर्, पीडितको घाउमा मलहम लगाउने काम गर, लगायतका नारा लेखिएको प्लेकार्डसहित रास्ट्रपति कार्यालय नजिक प्रदर्शन गरेका हुन् ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज उत्पीडनविरुद्ध फेरि अनिश्चितकालीन रुपमा संघीय राजधानी काठमाडौँ केन्द्रित आन्दोलन शुरु गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा