
म्याग्दी । म्याग्दीमा बसाइसराइ रोक्न ग्रामीण क्षेत्रमा विकासका योजना सञ्चालन गरिएको छ । शहरी विकास मन्त्रालयले बसाइसराइ रोक्न चालु आर्थिक वर्ष २०८१ र ८२ मा करिब १७ करोड रुपैयाँमा यातायात पूर्वाधार निर्माण सम्बन्धी १६ योजना सञ्चालनमा ल्याएको हो ।
मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास आयोजना पोखरा मार्फत् दुई झोलुङ्गे पुल, ९ सडक र सघन शहरी तथा भवन निर्माण आयोजना बागलुङ मार्फत् तीन वटा सडक योजना विभिन्न निर्माण कम्पनीसँग १५ करोड १७ लाख २२ हजार ६ सय ४६ रुपैयाँमा ठेक्का सम्झौता गरि कार्यान्वयन गरिएको हो ।
चालु आर्थिक वर्षमा एक करोड ६० लाख रुपैयाँ बिनियोजन भएको दुई वटा योजना ठेक्का प्रक्रीयामा छन भने एक करोड १० लाख रुपैयाँका दुई वटा योजनालाई बहुबर्षीय ठेक्का आव्हान गर्न मन्त्रालयमा स्रोत सहमतिका लागि प्रस्ताव गरिएको छ ।
झोलुङ्गे पुल बाहेकका आयोजना चालु आर्थिक वर्षभित्रनै सम्पन्न हुने प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा .(खम्बिर)ले बताउनुभयो । योजना मार्फत ग्रामिण क्षेत्रमा सहज यातायात सेवाको पहुँच विस्तार भई बसाईसराई घटाउने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
सघन शहरी तथा भवन निर्माण योजना मार्फत चार करोड ७५ लाख रुपैयाँ बिनियोजन भएको बेनी नगरपालिकामा एकिकृत शहरी पूर्वाधार विकास गर्ने कार्यक्रम अन्तर्गत ३ करोड १९ लाख रुपैयामा ठेक्का सम्झौता भएको बेनी नगरपालिका–८ कालीपुल देखि वडा नम्बर–७ मा रहेको दरवाङ बसपार्क जोड्ने बेनी चक्रपथ सडक ढलान गर्ने योजना शुरु भएको छ ।
त्यो कार्यलय मार्फत ६५ लाख ३८ हजार ५३ रुपैयाँको लागतमा कुहुँ–टोड्के–झि र एक करोड तीन लाख २८ हजार ६२ मा मौवाफाँट–दग्नाम–दरमिजा–चिमखोला हुदै कुइनेमंगले सडक स्तरोन्नति योजना कार्यान्वयन भएको छ । योजनाका ईञ्जिनियर बिरबल सुनारले ५० शैया क्षमताको बेनी अस्पतालको भवन निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।
स्थानीय पूर्वाधार विकास आयोजना मार्फत चार करोड ७० लाख ३६ हजार दुई सय ५० को लागतमा धवलागिरी गाउँपालिकाको मराङखोला माथि तीन सय ६५ र मुनाको दरखोला माथी तीन सय ५५ मिटर लामो झोलुङ्गे पुल निर्माणाधिन छन् ।
आयोजनाका ईञ्जिनियर मनिष अधिकारीले धवलागिरी गाउँपालिका–४ बगर तातोपानी कुण्ड जाने बाटोमा म्याग्दी नदी माथि दुई सय ५० मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि चालु आर्थिक वर्षमा ६० लाख रुपैयाँ बिनियोजन भएको योजना कार्यान्वयनका लागि ठेक्का प्रक्रीयामा रहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार सडक पूर्वाधार विकास कार्यक्रम मार्फत पाखापानी–कुइनेमंगले–मल्कवाङ, गलेश्वर–दशमुरे–मौवाफाँट–दग्नाम–दरमिजा–कुइनेमंगले–घ्यासीखर्क सडक स्तरोन्नतिका लागि ठेक्का सम्झौता गरेका निर्माण कम्पनीले ढलान, पक्की नाला र टेवा पर्खाल निर्माण थालेका छन् ।
वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम मार्फत मौवाफाँट–दग्नाम–दरमिजा–चिमखोला हुदै कुइनेमंगले, कुहुँ–टोड्के हुदै झिँ, अन्नपूर्ण गाउँपालिकाको दोसल्ले–काफलडाडा–नागी, मालिकाको छ्यारछ्यारे हुदै मङ्गलाको टिकावाङ र बेनी नगरपालिकाको अर्थुङ्गे देउराली–भराले–पुत्लेढुङ्गा सडक आयोजना कार्यान्वयनमा रहेका छन् ।
एक करोड बजेट बिनियोजन भएको धवलागिरी गाउँपालिकाको लुलाङ–गुर्जा सडक स्तरोन्नति योजना ठेक्का प्रक्रियामा छ । ५० लाख रुपैयाँ बिनियोजन भएको बेनीको मंगलाघाट र बगरफाँट जोड्ने म्याग्दी नदीमा मोटरेबल पुल निर्माण सम्बन्धी योजनाको बहुबर्षीय ठेक्का आव्हानका लागि गरिएको प्रस्ताव अर्थ मन्त्रालयले स्वीकृत गरेको छैन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पेचिलो बन्दै शिक्षक आन्दोलन, शिक्षामन्त्रीद्वारा राजीनामा
- सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता
- शिक्षकहरुलाई अविलम्ब वार्तामा आउन प्रधानमन्त्रीको आग्रह
- रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्नेमा
- शिक्षकको विरोध र्यालीका कारण यात्रुलाई सास्ती
- आज पनि शिक्षकहरूको प्रदर्शन जारी
- जिपमा करेन्ट लाग्दा घाइते भएकालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै
- संवैधानिक निकायका ५२ नियुक्तिविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै
- पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु, दुई जना घाइते
- द न्यूयोर्क टाइम्सले लेख्यो पोखरा विमानस्थलमा भएको भ्रष्टाचार मुद्दा