
लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयले चैत २० र २१ गते लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन आयोजना गर्दैछ । विश्वविद्यालय अनुदान आयोगको सहयोग तथा ग्लोबल युनिभर्सिटी नेटवर्कको सहकार्यमा भोलिदेखि हुने दुईदिने उपकुलपति सम्मेलन लुम्बिनीस्थित बौद्ध विश्वविद्यालयमा हुनेछ ।
सम्मेलनमा बौद्ध धर्म तथा दर्शन, प्राज्ञिक मूल्यमान्यता, विद्यमान अवस्थामा उच्च शिक्षाको चुनौती र अवसर लगायत समसामयिक विषयमा छलफल तथा विचारविर्मश हुने बौद्ध विश्वविद्यालयलले जनाएको छ । त्यही अवसरमा १८औँ ‘न्युज सम्मेलन’ समेत आयोजना हुने बताइएको छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्णलाल बज्राचार्यले सम्मेलनका अवसरमा उच्च शिक्षामा बौद्ध दर्शन, प्राज्ञिक नेतृत्वमा बौद्ध दर्शन र नैतिकता, चौथो औद्योगिक क्रान्तिमा उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, नेपालमा उच्च शिक्षाका चुनौती र अवसर लगायत विषयमा छलफल तथा बहस केन्द्रित हुने जानकारी दिनुभयो ।
सम्मेलनमा मानव संसाधन व्यवस्थापनमा बौद्ध दर्शनको उपयोग, श्रमबजारमा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग, उच्च शिक्षाका लागि क्षेत्रीय सहयोग र सञ्जाल निर्माण तथा मानव संसाधन व्यवस्थापनमा संस्थागत भूमि लगायत विषयमा २४ कार्यपत्र प्रस्तुत हुने बताइएको छ ।
यसैगरी, नेपालबाहेक ११ देशका अध्येताहरुले समेत सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्नुहुने विश्वविद्यालयले जनाएको छ ।
उपकुलपति सम्मेलनमा नेपालसहित भारत तथा जापानस्थित विभिन्न विश्वविद्यालयका उपकुलपतिहरुको सहभागिता रहनेछ । यसैगरी, नेपालस्थित विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष, मध्यपश्चिम विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, राजर्षिजनक विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, नेपाल विश्वविद्यालय, विदुषी योगमाया हिमालय आयुर्वेद विश्वविद्यालयका उपकुलपतिको सहभागिता रहनेछ ।
त्यस्तै, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको पनि सम्मेलनमा सहभागिता हुने बताएको छ । लुम्बिनी प्राविधिक विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, मधेस विश्वविद्यालयका उपकुलपति तथा नेपाल संस्कृत विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयका रजिष्ट्रार समेत सो अवसरमा सहभागी हुनुहुने आयोजकले जनाएको छ ।
त्यस्तै, सम्मेलनमा लुम्बिनी बौद्ध विश्वविद्यालयसहित अन्य विश्वविद्यालयका पूर्वउपकुलपतिहरुलाई समेत आमन्त्रण गरिएको छ । उपकुलपति सम्मेलनमा बौद्ध शिक्षाको विश्वव्यापीकरण तथा उच्च शिक्षाका चुनौती र अवसरका विषयमा हुने छलफलबाट प्राप्त निष्कर्षलाई लुम्बिनी घोषणापत्रका रुपमा सार्वजनिक गरिने लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम आचार्यले बताउनुभयो ।
उपकुलपति सम्मेलनमा एकै चरणमा तीन सत्रमा छलफल हुने कार्यक्रम छ । ‘चौथो औद्योगिक क्रान्तिका लागि उच्च शिक्षाः वैश्विक गतिशीलता, बौद्ध ज्ञान र शैक्षिक सहकार्य’, ‘नेपालमा उच्च शिक्षाका चुनौती र अवसरः वैश्विक गतिशीलता, बौद्ध ज्ञान र शैक्षिक उत्कृष्टताको समावेश’ र ‘नेपालमा वैकल्पिक चिकित्सा प्रवद्र्धनः दिगो विकास लक्ष्यसँगको सहकार्य’ विषयक कार्यपत्र प्रस्तुत भई विचार–विमर्श हुने विश्वविद्यालयले जनाएको छ ।
उपकुलपति सम्मेलनमा बिहान ९ देखि साँझ ५ बजेसम्म विषयगत सत्र सञ्चालन हुने अन्तरराष्ट्रिय सम्बन्ध केन्द्रका संयोजक राजेन्द्र घिमिरेले जानकारी दिनुभयो । उद्घाटन सत्रमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीसहित सङ्घीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारका प्रतिनिधि, व्यावसायिक सङ्घ÷संस्थाका प्रतिनिधि, शैक्षिक संस्थाका प्रमुख, अध्येता तथा अनुसन्धानकर्ताहरुको सहभागिता रहने जनाइएको छ ।
सम्मेलनमा नेपाल, कम्बोडिया, चीन, जर्मनी, भारत, जापान, लाओस्, म्यान्मार, श्रीलङ्का, थाइल्याण्ड र भियतनामका विज्ञ तथा अध्येताहरुको सहभागिता रहने लुम्बिनी बौद्ध विश्वविद्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पेचिलो बन्दै शिक्षक आन्दोलन, शिक्षामन्त्रीद्वारा राजीनामा
- सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता
- शिक्षकहरुलाई अविलम्ब वार्तामा आउन प्रधानमन्त्रीको आग्रह
- रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्नेमा
- शिक्षकको विरोध र्यालीका कारण यात्रुलाई सास्ती
- आज पनि शिक्षकहरूको प्रदर्शन जारी
- जिपमा करेन्ट लाग्दा घाइते भएकालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै
- संवैधानिक निकायका ५२ नियुक्तिविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै
- पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु, दुई जना घाइते
- द न्यूयोर्क टाइम्सले लेख्यो पोखरा विमानस्थलमा भएको भ्रष्टाचार मुद्दा