+

मनहरीमा बस र जीप ठोक्किँदा चालकको मृत्यु

मकवानपुर ।  मनहरी गाउँपालिकामा बस र जीप ठोक्किँदा चालकको मृत्यु भएको छ । 


गाउँपालिकाको वडा नम्बर ६ लोथर बजारस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान चितवनबाट हेटौँडातर्फ जाँदै गरेको बा प्र ०३–००६ ख ५६८१ नम्बरको बस र मनहरीबाट चितवनतर्फ जाँदै गरेको बा प्र ०३–००१ च ३०१२ नम्बरको जीप एकापसमा ठोकिएको हो । 

दुर्घटनामा जीपका चालक ३२ वर्षीय  सन्देश कोइरालाको मृत्यु भएको प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिनुभएको छ ।

मकवानपुरको राक्सिराङ गाउँपालिका–४ घर भएका चालक कोइरालाको टाउको, खुट्टा तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो । उनको चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । 

बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट