
चितवन । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक दीपक थापाले शान्ति सुरक्षा, अमनचयनका लागि प्रहरी एक्लैको प्रयास सम्भव नहुने बताउनुभएको छ ।
उद्योग वाणिज्य सङ्घ चितवनले आज आयोजना गरेको प्रहरी प्रमुखलाई बधाई, स्वागत एवं छलफल कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो– ‘सुरक्षाको सवालमा प्रहरी एक्लैले सम्भव छैन । समुदायसँग हातेमालो गर्न आवश्यक छ ।’
देशको शान्ति सुरक्षाका विषयमा आफू सजग भएर काम गर्ने उहाँको भनाइ छ । प्रहरीको जनशक्ति जनताको तुलनामा कम भएकाले यसलाई बढाउन पहल गरिने उहाँले बताउनुभयो । चितवनको विभिन्न स्थानमा अस्थायी प्रहरीचौकीको आवश्यकता रहेको बताउँदै उहाँले यहाँका जनता र व्यवसायीको सुरक्षाका लागि आफू सधैँ सचेत भएको बताउनुभयो ।
सङ्घका अध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, उद्योग वाणिज्य सङ्घ चितवनका पूर्वअध्यक्षहरु उत्तमलाल चुके, राजन गौतम, राजु श्रेष्ठ, सङ्घका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले जिल्लामा उद्योग व्यवसाय गर्न सक्ने गरी सुरक्षा प्रबन्ध गर्न आग्रह गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै