
गोरखा । भीमसेन थापा गाउँपालिका–६ अश्राङको वडा कार्यालय भवन पुनर्निर्माण भएको छ ।
विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले पूर्ण रूपमा क्षति पुर्याएको वडा कार्यालय भवन पुनर्निर्माण भएको वडाध्यक्ष रन्जन रिमालले जानकारी दिनुभयो ।
गाउँपालिकाद्वारा विनियोजित ८८ लाख ६२ हजार रुपैयाँ लागतमा भवन पुनर्निर्माण गरिएको उहाँले बताउनुभयो । ‘नवनिर्मित भवनमा छवटा कोठा र दुईवटा शौचालय रहेको छ’ उहाँले भन्नुभयो– ‘अबदेखि नागरिकलाई सेवा प्रवाहमा थप सहज हुने भएको छ ।’
आफ्नै भवन नहुँदा यसअघि स्थानीय महिला समूहको भवनबाट वडाले सेवा दिँदै आएको थियो । वडाको भवन निर्माणका लागि विसं २०७९ जेठमा गाउँपालिकाले शिव इन्जिनियरिङ प्रालिसँग ठेक्का सम्झौता गरेको थियो ।
‘दोस्रोपटक म्याद थप गरेर विसं २०८१ असोजभित्र काम गर्नुपर्ने थियो, बल्ल भवन निर्माण भयो, नवनिर्मित भवनबाट सेवाप्रवाह पनि शुरु गरिएको छ’ उहाँले भन्नुभयो । महिला समूहको भवनमा बर्खाका बेला पानी चुहिने समस्याले कागजपत्र जोगाउन वडालाई समस्या हुँदै आएको थियो ।
‘साँघुरो भवनको एउटै कोठाबाट कृषि, पशु, तथा प्राविधिक एवं पञ्जीकरण लगायत सेवा दिन निकै कठिन हुँदै आएको थियो’ वडाध्यक्ष रिमालले भन्नुभयो, ‘अबदेखि ती सबै समस्याबाट मुक्त भएका छौँ ।’ भवन निर्माण भए पनि वडालाई सभाहलको अझै अभाव छ ।
उहाँले भन्नुभयो– ‘सभाहल निर्माणका लागि पनि आवश्यक पहल गरिसकेका छौँ, जिल्ला समन्वय समितिमार्फत सिफारिस भइसकेको छ ।
भवनको माथिल्लो तलामा दुई कोठासहित एक सभाहल बनाउने लगभग निश्चित भइसकेको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो