
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक, सांस्कृतिक र राष्ट्रिय महत्व बोकेको फागुपूर्णिमा (होली) पर्वले सांस्कृतिक वैभव र धरोहरलाई समृद्ध बनाउन सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
फागुपूर्णिमा (होली) पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले यस पर्वले देश र समाजमा एकता तथा शान्ति कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो ।
‘फागु पर्वका अवसरमा तयार पारिने विशेष परिकार मालपुवा, दालपुरी, खिरलगायत मिठा–मिठा व्यञ्जन सामूहिक रूपमा ग्रहण गर्नु नेपाली संस्कृतिको अर्को कालजयी रीतिरिवाज हो, यसको संरक्षण र सम्वर्द्धन गर्न जरूरी छ’ उपराष्ट्रपति यादवले भन्नुभएको छ ।
आपसी कटुता, मतभेद, क्लेश, मनमुटाव र मनोमालिन्य बिर्सेर पारिवारिक, सामाजिक र समुदायगत सम्बन्धलाई नवीकरण गर्दै थप उचाइमा पु¥याउन होली एउटा उत्तम माध्यम भएको उहाँको भनाइ छ । उपराष्ट्रपति यादवले फागु पर्वले नयाँ पिँढीलाई नेपाली संस्कृति र परम्पराबारे जान्ने अवसर प्राप्त भई आफ्नो संस्कृतिप्रति गर्व र सम्मान गर्ने भावना विकसित गर्नमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
हरेक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन हिमाली, पहाडी तथा भित्री मधेसमा र त्यसको भोलिपल्ट तराई–मधेसमा फागुपूर्णिमा, होली, होरी, फगुवा, रङपञ्चमी आदि नामले यो पर्व मनाउने परम्परा रहिआएको छ । होली पर्व विभिन्न नामबाट मनाइए पनि यसको सारतत्व आपसी सद्भाव, भाइचारा र मेलमिलापका साथ खुशी साटासाट गर्नु नै हो । प्राचीनकालमा चन्दन र अबिर लगाएर होली मनाइने गरिएकामा पछिल्ला केही वर्षयता कृत्रिम र मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने रङहरूको प्रयोग बढ्नु राम्रो नभएको उपराष्ट्रपति यादवको भनाइ छ ।
‘मौलिक वाद्य उपकरण डम्फु र ढोलकको तालमा गाइने लोकभाका र परम्परागत होरी गीत र जोगिरा नेपाली संस्कृतिको मौलिक पहिचान हो, यसको जगेर्ना गर्न सक्नुपर्दछ’ उहाँले भन्नुभएको छ– ‘होली राष्ट्रिय एकता र समरसताको प्रतीक हो, यो पर्व धर्म, जाति र क्षेत्रभन्दा माथि उठेर एकैसाथ र सामूहिक रूपमा मनाइनुले राष्ट्रिय एकता बलियो हुनेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निरङ्कुशता स्वीकार्य छैनः अध्यक्ष नेपाल
- अमेरिकीले बन्द गर्यो एमसिसी कार्यक्रम
- सुदीप न्यौपाको शव बुटवल ल्याइयो
- एमालेको युवा महोत्सव आज
- आज लोकतन्त्र दिवस
- आगमी दुई दिन अत्यधिक गर्मीको सम्भावना
- उर्जा राज्यमन्त्री तामाङ बर्खास्त
- शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त
- २२ औँ दिनपनि शिक्षकहरु सडकमा
- हाजिर जमानीमा रिहा भए तीनकुने घटनाका थप १० आरोपी