
काठमाडौँ । रुद्रराज साहित्य सेवा समितिले यस वर्षको ‘रुद्रराज साहित्य पुरस्कारु डा गार्गी शर्मालाई प्रदान गरेको छ ।
सरदार रुद्रराज पाण्डेको १२५औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा दिव्य शताब्दी पुरुष डा गौरीशङ्कर लालदासले पुरस्कार अर्पण गर्नुभयो । पुरस्कारको राशि ५० हजार र सम्मानपत्र छ । नेपाली भाषा साहित्यलाई समृद्ध तुल्याउन शर्माले निर्वाह गर्नुभएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको हो ।
उपन्यास, नाटक, कथा, हास्यव्यङ्ग्यका माध्यमबाट नेपाली भाषा, साहित्य, शिक्षा र समाजसेवामा पाण्डेले उल्लेखनीय योगदान गर्नुभएको छ । उहाँको ‘रुपमती’ उपन्यास पाठकमाझ लोकप्रिय छ । यस्तै माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट भानु माविका विद्यार्थीलाई पनि पुरस्कृत गरियो ।
त्यस अवसरमा दिव्य शताब्दी पुरुष डा गौरीशङ्कर लालदासले बहुआयामिक व्यक्तित्व सरदार रुद्रराज पाण्डे नेपाली साहित्यको मुर्धन्य व्यक्तित्व भएको उल्लेख गर्नुभयो । रुद्रराज पाण्डेको नेपाली साहित्य, इतिहास, शिक्षा, प्रशासन एवं अध्यात्मिक क्षेत्रमा अतुलनीय योगदान रहेको उल्लेख गर्नुभयो ।
समितिका अध्यक्ष बद्रीराज पाण्डेले बहुआयामिक व्यक्तित्व रुद्रराज पाण्डे शिक्षा, साहित्य, इतिहास र आत्यात्मिक विधामा सक्रिय व्यक्तित्व भएको बताउनुभयो । आधारभूत शिक्षाको ज्ञानको ज्योति फैलाएर सफलताका लागि निरन्तर सङ्घर्ष चाहिन्छ भन्ने भावनाले पाण्डेले शिक्षा, चेतना र समाजसुधारको भूमिका निर्वाह गर्नुभएको उहाँको भनाइ छ ।
समितिका सदस्य एवं संस्कृतिविद् डा गोविन्द टण्डनले रुद्रराज पाण्डेले शिक्षा र साहित्यका क्षेत्रमा पु-याएको योगदानको चर्चा गर्नुभयो । नेपाली साहित्यमा पाण्डेले पुर्याएको योगदानलाई स्मरणीय बनाउन आवश्यक रहेको उहाँको भनाइ थियो ।
पुरस्कृत व्यक्तित्व गार्गी शर्माले स्वर्गीय पाण्डेको शिक्षा र साहित्यका क्षेत्रमा अतुलनीय योगदान रहेको उल्लेख गर्दै अहिलेका पुस्ताका लागि प्रेरणादायी व्यक्तित्व भएको बताउनुभयो । समितिका संरक्षक ई कृष्णराज पाण्डेले स्वर्गीय रुद्रराज पाण्डेको व्यक्तित्वबारे प्रकाश पार्नुभएको थियो ।
समितिका महासचिव डा नील पाण्डेले साहित्य र शिक्षाको विकास तथा प्रवद्र्धनमा रुद्रराज पाण्डेको योगदान महत्वपूर्ण भएको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- स्थानीय तहका कर्मचारीद्वारा पनि आन्दोलनको घोषणा
- राप्रपाको प्रदर्शनका कारण भोलि शिक्षक आन्दोलन बिहानलाई सारियो
- ‘विवाहको प्रस्ताव अस्वीकार गरेपछि युवतीमाथि गोली प्रहार’
- निषेधित क्षेत्र नतोड्न राप्रपालाई गृह मन्त्रालयको चेतावनी
- राप्रपाले आइतबार बिजुलीबजारमा निषेधित क्षेत्र तोड्ने
- बालुवाटारमा तीन शीर्ष नेताबीच छलफल
- धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन: अध्यक्ष दाहाल
- वर्षा बाधक बनेपछि नेपाल विश्वकपका लागि छनोट भएन
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय