
लिस्बन (पोर्चुगल) । पोर्चुगलका लागि नवनियुक्त नेपाली राजदूत प्रकाशमणि पौडेल कार्यभार सम्हाल्नुभएको छ । उहाँले बिहीबार राजधानी लिस्बनस्थित अल्कान्त्रामा रहेको नेपाली दूतावासमा पुगेर आफ्नो पदभार ग्रहण गर्नुभएको हो ।
यसअघि बिहीबार पोर्चुगल आइपुग्नुभएका पौडेललाई लिस्बनस्थित अन्तरराष्ट्रिय विमानस्थलमा पोर्चुगलको विदेश मन्त्रालयका शिष्टाचार विभागका अधिकारी लुइस सान्तोस र लिस्बनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत रामबाबु नेपालले स्वागत गर्नुभएको थियो ।
पोर्चुगलमा पहिलोपटक नेपाली दूतावास स्थापना गरिएको हो भने पौडेल पोर्चुगलका लागि नेपाली राजदूतका रूपमा जिम्मेवारी सम्हाल्ने पहिलो राजदूत बन्नुभएको छ । यसअघि पोर्चुगलका लागि राजदूत सिफारिस हुनुभएका शनिल नेपाल भने पोर्चुगल आउन नपाई फिर्ता बोलाइएको थियो । हाल उहाँ स्पेनका लागि राजदूत नियुक्त हुनुभएको छ । सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव पौडेललाई गत साउनमा पोर्चुगलका लागि नेपाली राजदूतमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो भने राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्सिरमा उहाँलाई पोर्चुगलका राजदूत नियुक्त गर्नुभएको थियो ।
दुई साताअघि स्थापना गरिएको दूतावासले अस्थायी कार्यालयमार्फत सेवा प्रवाह गर्दै आएको छ । दूतावासको स्थायी कार्यालयका लागि भवन भाडामा लिइसकिएको र कार्यालय सञ्चालनका लागि तयारी भइरहेको कार्यवाहक राजदूत नेपालले राससलाई जानकारी दिनुभयो ।
नयाँ दूतावास भएकाले कार्यालय सञ्चालनको स्वीकृतिका लागि आवश्यक प्रक्रियाका साथै आन्तरिक तयारी भइरहेको उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- स्थानीय तहका कर्मचारीद्वारा पनि आन्दोलनको घोषणा
- राप्रपाको प्रदर्शनका कारण भोलि शिक्षक आन्दोलन बिहानलाई सारियो
- ‘विवाहको प्रस्ताव अस्वीकार गरेपछि युवतीमाथि गोली प्रहार’
- निषेधित क्षेत्र नतोड्न राप्रपालाई गृह मन्त्रालयको चेतावनी
- राप्रपाले आइतबार बिजुलीबजारमा निषेधित क्षेत्र तोड्ने
- बालुवाटारमा तीन शीर्ष नेताबीच छलफल
- धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन: अध्यक्ष दाहाल
- वर्षा बाधक बनेपछि नेपाल विश्वकपका लागि छनोट भएन
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय