
सुर्खेत । कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकालाई हरित नगरको रूपमा विकास गरिँदै लगिएको छ । वीरेन्द्रनगरलाई सुन्दर, सफा र हरियाली शहर बनाउने दीर्घकालीन सोचका साथ हरित नगरको रुपमा विकास गर्न लागिएको हो ।
नगरपालिकाले यसका लागि ‘एक घर दुई बिरुवा, हामी आफैँ कुरुवा’ कार्यक्रम सञ्चालन गरिरहेको छ । यो कार्यक्रमअन्तर्गत वीरेन्द्रनगरभित्र नयाँ घर निर्माण गर्ने घरधनीले आफ्नो आगनमा दुई बिरुवा वृक्षरोपण गर्नुपर्ने हुन्छ भने त्यसको रेखदेख पनि आफैँले गर्नुपर्ने हुन्छ । नगरपालिकाको यो नीतिले वीरेन्द्रनगरलाई हरियाली र सुन्दर बनाउन सघाउ पुग्ने अपेक्षा लिइएको छ ।
नगरप्रमुख मोहनमाया ढकाल भन्नुहुन्छ– नयाँ घर निर्माण गर्नेले दुई बिरुवा वृक्षरोपण गर्नैैपर्ने नीति बनाएका छौँ, नगरपालिकामा वृक्षरोपण अभियान चलाएका छौँ । विगतभन्दा वीरेन्द्रनगर सुन्दर र सफा बन्दै गएको छ ।’
नगरभित्र निर्माण भएका नयाँ सडकको आसपासमा समेत वृक्षरोपण गरिएको नगरप्रमुख ढकालले दुई वर्षमा करिब १० हजार नयाँ बिरुवा सडक छेउछाउमा रोपिएको बताउनुभयो । ‘वातावरणलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’ नगरप्रमुख ढकालले भन्नुभयो– ‘विश्व जलवायु परिवर्तनको असरको चपेटामा परिरहेका बेला हरित शहर बनाउने योजना अघि बढाएका हौँ ।’
सडक छेउछाउमा अहिले फलफूलका बिरुवा समेत रोपिएका छन् । नगरपालिकाले ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा वितरण गरिरहेको छ । नगरपालिकाले प्लाष्टिकमुक्त नगर बनाउने गरी योजना बनाएको र त्यसलाई कार्यान्वयन गर्न सबै नागरिक जागरुक हुनुपर्ने उहाँको भनाइ छ ।
‘वीरेन्द्रनगर नगरपालिकामा ३ सय ५० भन्दा बढी टोल विकास समिति छन्, ती समितिमा प्रशिक्षक पनि राखेका छौँ । उहाँहरुमार्फत गाउँगाउँमा हरियाली सहर बनाउनुपर्छ भनेर अभियान र सचेतना जगाइरहेका छौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै