
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कपिलवस्तुको विजयनगर गाउँपालिका–२, ३ र ४ को ७ सय हेक्टर कृषियोग्य जमिनमा सिँचाइ सुविधा विस्तारका लागि निर्माण हुन लागेको शङ्करपुर ताल एकीकृत सिँचाइ तथा जलस्रोत संरक्षण योजनाको शुभारम्भ गर्नुभएको छ ।
ऊर्जामन्त्री खड्काले जलस्रोत व्यवस्थापन आयोजनाले निर्माण गर्न लागेको उक्त योजनाको आज शुभारम्भ गर्नुभएको हो । त्यो ताल निर्माणका लागि आयोजना कार्यालयले बाबुल लुम्बिनी सांस्कृतिक जेभी सिद्धार्थनगर रुपन्देहीसँग गत पुस २ गते ठेक्का सम्झौता गरेको थियो । आयोजना निर्माणसँगै उक्त गाउँपालिकाका एक हजार ७१५ घरधुरी लाभान्वित हुने आयोजनाका प्रमुख अविनाशी सिग्देलले जानकारी दिनुभयो ।
आयोजनाको शुभारम्भ गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्काले धेरै आयोजना सम्झौता भएर अलमलमा पर्ने गरेकामा आयोजनालाई समयमै सम्पन्न गर्न निर्देशन दिनुभयो । ‘आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्न स्थानीय समुदाय चनाखो बन्नुपर्छ, आयोजनाको सम्पन्नतासँगै यहाँको कृषि क्षेत्रको विकासमा सहयोग पुग्छ’ मन्त्री खड्काले भन्नुभयो ।
कार्यक्रममा मन्त्री खड्कासँगै सांसद एवं पूर्वमन्त्री सुरेन्द्र आचार्य, सिँचाइ विभागका महानिर्देशक देवराज निरौलालगायत स्थानीय जनप्रतिनिधिको सहभागिता थियो । आयोजना दुई वर्षभित्र सम्पन्न गरिसक्नुपर्नेछ । आयोजनाको लागत १९ करोड रुपैयाँ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै