
मुगु, । रारा तालको किनारमा अवस्थित होटलमा बुधबार राति आगलागी भएको घट्नापछि यहाँको अवस्था सामान्य बन्दै गएको छ ।
यहाँ घुम्न आएका सबै आन्तरिक तथा बाह्य पर्यटक सुरक्षित रहेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक अचुतराज आचार्यका अनुसार गोपाल बमले सञ्चालन गरेको ‘डाँफे’ होटलमा आगो लागेको हो ।
आगलागी भएपछि ग्यास सिलिण्डर पड्किँदा पाँचवटा घर जलेर नष्ट भएका थिए । ‘काठका चार घर र ढुङ्गा माटोबाट निर्मित एउटा घर जलेर पूर्ण रुपमा नष्ट भएको छ’ उहाँले भन्नुभयो ।
आगो निभाउने क्रममा होटल सञ्चालक बम र होटलका भान्से जगत थापा सामान्य घाइते भएका प्रहरी निरीक्षक आचार्यले जानकारी दिनुभयो । दुवै जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । आगालागीबाट पाँचवटै घरका सम्पूर्ण सामान नष्ट भएका छन् ।
‘आगलागी हुँदा त्यहाँ ७९ पर्यटक रहेका थिए । उनीहरु सबैलाई त्यहाँ सुरक्षार्थ खटिएको हनुमानध्वज गुल्मका सैनिकले सुरक्षित स्थानमा लगेका थिए’ उहाँले भन्नुभयो । राति नै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले घट्नास्थलमा पुगेर आगो निभाएका थिए ।
आगलागीको जानकारी प्राप्त हुनासाथ जिल्ला सदरमुकाम गमगढीबाट प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डे, प्रहरी नायब उपरीक्षक सरोज गिरीसहितको टोली रारा पुगेको थियो ।
आगो निभाउन ताल्चा विमानस्थल सुरक्षार्थ खटिएको टोली पनि त्यसतर्फ गएको प्रहरी निरीक्षक आचार्यले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै