
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न मेला, महोत्सव तथा जात्राका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन वा प्रवर्द्धन नगर्न आग्रह गरेको छ ।
मन्त्रालयले केही मेला, महोत्सव र जात्राका नाममा सुर्तीजन्य पदार्थको उत्पादक सङ्लग्नता भएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता मेला, महोत्सव र जात्रामा सुर्तीजन्य पदार्थको विज्ञापन वा प्रवर्द्धन नगर्न आग्रह गरेको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।
सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ को दफा १० मा ‘उत्पादकलगायत कसैले पनि पत्रपत्रिका तथा रेडियो टेलिभिजन, इन्टरनेट, इमेलजस्ता विद्युतीय सञ्चारमाध्यम, अन्तरक्रिया कार्यक्रम, होडिङ बोर्ड, भित्ते लेखन, लोगो सङ्केत, चिन्ह वा अन्य कुनै पनि माध्यमबाट सुर्तीजन्य पदार्थको विज्ञापन वा प्रवर्द्धन गर्न वा कुनै कार्यक्रममा समाचार वा सूचना सम्प्रेषण वा प्रायोजन गर्न पाइने छैन’ उल्लेख छ ।
मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले त्यो कानुन विपरीत सुर्तीजन्य पदार्थको विज्ञापन वा प्रवर्द्धन गरेको पाइएमा कानुन बमोजिम कारवाही हुने बताउनुभयो । सुर्तीजन्य पदार्थको सेवन मानव स्वास्थ्यका लागि अन्यन्त हानिकारक भएको र त्यस्ता पदार्थको सेवनले मानवजीवनको आर्थिक, सामाजिक र सांस्कृतिक क्रियाकलापसमेतमा नकारात्मक असर पर्ने भएकाले मेला महोत्सवमा प्रयोजक नराख्न उहाँले आग्रह गर्नुभयो ।
सुर्तीजन्य पदार्थको (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ तथा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने नियमावली, २०६८ र सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट र र्यापर्स, पेटी तथा पार्सल, प्याकेजिङ्गमा चेतावनीमुलक सन्देश र चित्र छाप्ने तथा अङ्कित गर्ने निर्देशिका २०८१ जारी भएको छ । निर्देशिका बमोजिम सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्स, पेटी तथा प्याकेजिङको मुख्य भागको अगाडि र पछाडिको शतप्रतिशत भागमा चित्र अङ्कित चेतावनीमुलक स्वास्थ्य सन्देश राख्न सम्बन्धित सवै सरोकारवाललाई अनुरोध गर्नु भएको छ ।
सुर्तीजन्य पदार्थ सम्बन्धी ऐन, नियमावली र निर्देशिकामा भएका प्रावधानले सुर्तीजन्य पदार्थको प्रयोग घटाउन र दिर्घकालीन रूपमा सुर्तीजन्य पदार्थसँग सम्बन्धित रोग तथा मृत्युदर घटाउन र जनस्वास्थ्यमा सुधार गर्न योगदान पुर्याउने प्रवक्ता डा प्रकाश बुढाथोकीको भनाइ छ ।
मन्त्रालयले सुर्तीजन्य पदार्थ सम्बन्धि ऐन, नियमावली र निर्देशिकामा भएका व्यवस्थाको पालना नगरेको पाइएमा मन्त्रालयको ‘हेलो स्वास्थ्य कल सेन्टर १११५ मा दैनिक बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म तथा भाइवर, ह्वाट्अप नम्बर ९८५१३३०५९२ मा जानकारी गराउन अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै