
जुम्ला । जिल्लाको जुम्लाकोटमा क्षयरोगका नयाँ बिरामी पत्ता लगाउन तिला गाउँपालिकाले ‘स्क्रिनिङ’ शुरु गरेको छ । स्वास्थ्य शाखाले पालिकाको जुम्लाकोट स्वास्थ्य चौकीमा क्षयरोगका नयाँ बिरामी पत्ता लगाउन निःशुल्क ‘स्क्रिनिङ’ शिविर सञ्चालन गरेको हो ।
विशेषज्ञ स्वास्थ्यकर्मीसहितको टोली मङ्गलबार तिलाका ग्रामीण स्वास्थ्य चौकीमा पुगेर ‘माइक्रोस्कोपी स्क्रिनिङ’ शिविरमार्फत नयाँ बिरामी तथा पुरानाको अवस्था पत्ता लगाउन खोजपड्ताल अभियान सञ्चालन गरिएको गाउँपालिका स्वास्थ्य शाखाका टिबीरोग सम्पर्कव्यक्ति उत्तम देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार करिब एक सय आठ जनाको स्वास्थ्य जाँच गरिएको छ ।
देवकोटाले भन्नुभयो– ‘रिपोर्ट आउन दुई दिन लाग्ने छ । जनस्वास्थ्य सेवा कार्यालयबाट टिबीरोग हेर्ने स्वास्थ्यकर्मीसहितको टोलीले यहाँका सम्भावित क्षयरोगका बिरामीको स्वास्थ्य जाँच गरेको हो ।’ गाउँपालिकाका स्वास्थ्यकर्मी गाउँमा पुगेर बिरामी पहिचानसहित स्वास्थ्योपचार सेवा र आवश्यक सल्लाह दिन क्षयरोगसम्बन्धी निःशुल्क शिविर सञ्चालन गरिएको उहाँको भनाइ छ ।
पालिकाभित्र अहिलेसम्म नौ जना नयाँ क्षयरोगका बिरामी फेला परेपछि सबैलाई स्वास्थ्यकर्मीको निगरानीमा औषधि सेवन गराइएको देवकोटाले बताउनुभयो । क्षयरोग मुक्त पालिका बनाउने उद्देश्यले प्रत्येक वर्ष गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरी स्थानीयको स्वास्थ्य गरिँदै आइएको उहाँले उल्लेख गर्नुभयो ।
क्षयरोग सुक्ष्म जीवाणुको सङ्क्रमणबाट लाग्ने सरुवा रोग हो । स्वास्थ्यप्रति सचेतनाको कमी र गरिबीका कारण नेपालमा यस रोगका बिरामी बढिरहेका पाइन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै