
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट विवरण गरिने विभिन्न विषयको छात्रवृत्तिका लागि केही सिट खाली रहेकाले आवेदन दिन आह्वान गर्नुभएको छ ।
आज सामाजिक सञ्जालमार्फत उहाँले शिक्षा मन्त्रालयले खुलाएको छात्रवृत्तिका लागि अझै केही सङ्ख्या बाँकी रहेकाले आवेदन दिन आह्वान गर्नुभएको हो ।
‘शिक्षा मन्त्रालयबाट विभिन्न विषयको छात्रवृत्तिका लागि आवेदन खुलाइएकामा आवश्यक सङ्ख्या नपुगेका कारण अन्डर ग्रयाजुएट एमबीबीएस जना, पोस्ट ग्रयाजुएट इञ्जिनियरिङमा सात, एग्रिकल्चरमा तीन, पीएचडी इञ्जिनियरिङमा एक, भेटेरिनरीमा एक, आइटीमा चार, मेडिकल साइन्समा दुई र कन्जरभेसनमा एक सिट अझै खालिरहेको सूचना पाएको छु । खाली रहेका सिटमा छात्रवृत्तिका लागि छिटोभन्दा छिटो (एक दुई दिनभित्रै) आवेदन दिनुहोला’ प्रधानमन्त्री ओलीले लेख्नु भएको छ ।
उहाँले निवेदन secretariat.education@moest.gov.np मा इमेल गर्न आग्रह गर्नु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै