
कर्णाली । सर्वोच्च अदालतका न्यायाधीश तथा केन्द्रीय न्याय क्षेत्र समन्वय समितिका सदस्य शारङ्गा सुवेदीले नागरिकलाई न्यायको अनुभूति दिलाउनु राज्यको दायित्व भएको बताउनुभएको छ ।
सर्वोच्च अदालतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘उच्च अदालत सुर्खेतमा सञ्चालित जिल्ला तथा उच्च अदालत न्याय क्षेत्र समन्वय समितिको काम कारबाहीको प्रभावकारितामाः केन्द्रीय न्याय क्षेत्र समन्वय समितिको भूमिका’ विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रममा उहाँले न्याय ढिलो दिनु भनेको न्याय नदिनु जस्तै भएको बताउनुभयो । राज्यका सेवा प्रदायक निकायहरु एक अर्काको काम गर्ने तरिकाले नागरिकहरुमा कस्तो प्रभाव परेको छ भन्नेबारे छलफल गर्ने उद्देश्यले अन्तरक्रिया गरिएको उहाँको भनाइ थियो ।
न्यायाधीश सुवेदीले भन्नुभयो– ‘कमजोरी हामी सबैका छन् । न्याय क्षेत्र समन्वय समितिमा बसेर त्यहाँ भएका कमीकमजोरीहरुको सूक्ष्म अध्ययन गरौँ र सुधार कसरी गर्न सकिन्छ त्यो पनि हेरौँ ।’
फैसला गर्ने काम अदालतको भए पनि त्यसको अनुसन्धान, अभियोजन गर्ने निकायहरुले सत्यतथ्यमा आधारित भएर प्रमाण जुटाउनुपर्ने उहाँको भनाइ छ । न्यायाधीश सुवेदीले राज्यका प्रतिनिधिहरुले मान्छेलाई थुनामा राख्दा त्यसको औचित्यता प्रस्ट गर्नुपर्ने बताउनुभयो । आरोप लाग्ने बित्तिकै आत्मसम्मान गुम्ने र उनीहरुको अधिकारको ख्याल नगर्ने गरी काम गर्न नहुनेमा उहाँको जोड छ ।
उच्च अदालत न्याय क्षेत्र समन्वय समितिका अध्यक्ष तथा उच्च अदालत सुर्खेतका कायममुकायम न्यायाधीश कृष्णलाल भट्टराईले फौजदारी अपराधसँग सम्बन्धित घटनामा निष्पक्ष अनुसन्धान हुनपर्ने बताउनुभयो । सर्वसाधारणलाई न्यायमा पहुँच हुने गरी राज्यले काम गर्नुपर्ने बताउँदै उहाँले लगत फछ्र्यौैट समितिलाई सक्रिय बनाउनुपर्नेमा जोड दिनुभयो ।
जिल्ला अदालत सुर्खेतका न्यायाधीश दीपक ढकालले न्यायिक कार्य सम्पादन गर्नेहरुले निर्णय मात्र नदिई न्याय दिने काम गर्न आग्रह गर्नुभयो । फैसला कार्यान्वयन अदालतको काम मात्र नभई राज्यका तोकिएका संयन्त्रहरुले प्रभावकारी रुपमा गर्नुपर्ने जुनाउनुभयो ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले ढिलो न्यायले नागरिक मात्र नभई सरकार पनि अन्याय पर्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा सरकारी कार्यालयका प्रमुख, सरकारी वकिल, कानुन व्यवसायीहरुको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै