
काठमाडौँ । राष्ट्रियसभा सदस्य इन्दिरादेवी गौतमले सबै वर्ग र समुदायका बालबालिकाले गुणस्तरीय शिक्षा प्राप्त गर्ने यथोचित प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सभाको आजको बैठकको शून्य समयमा उहाँले बालबालिकाले फरकस्तरको शिक्षाका कारण कुनै पनि हिनता महसुस गर्न नपरोस् भन्ने तर्फ ध्यान दिन आग्रह गर्नुभयो ।
हरेक वर्ष विद्यालय भर्ना समय नजिकिँदै गर्दा अभिभावकमा चिन्ता थपिने गरेको उल्लेख गर्दै सांसद गौतमले सरकारी र सामुदायिक विद्यालयमा गुणस्तरीय पठनपाठनको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । ‘निजी विद्यालयमा प्रत्येक वर्ष महँगो भर्ना र थप ट्युसन शुल्क, बार अनुसारका फरक पोसाक, र विभिन्न शीर्षकमा उठाइने शुल्कबाट अभिभावक थप आर्थिक समस्यामा पर्ने गरेका छन्’ उहाँले भन्नुभयो– ‘सबै बालबालिकाले समानरुपमा गुणस्तरीय शिक्षा प्राप्त गर्ने अधिकारको सुनिश्चितताका गर्नेतर्फ सरकारको ध्यान जानुपर्छ ।’
सांसद शारदादेवी भट्टले नेपालबाट विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले भोग्दै आएका अप्ठ्यारालाई समाधान गर्नका लागि सम्बन्धित मुलुकमा सहायता ‘डेस्क’ राख्न आग्रह गर्नुभयो ।
सांसद जगप्रसाद शर्माले सिंहदरबार वैद्यखानालाई प्रभावकारी रुपमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद तारामान स्वाँरले सीमा क्षेत्रमा बसोबास गर्ने नागरिक दिनप्रतिदिन असुरक्षित बन्दै गइरहेकाले सीमा सुरक्षा थप चुस्त बनाउन माग गर्नुभयो ।
सांसद तुलसाकुमारी दाहाल, मायाप्रसाद शर्मा, राधेश्याम पासवान र सुमित्रा विसीले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै