
काठमाडौँ । गृह मन्त्रालयले ‘दलित डेस्क’ स्थापनाको लागि प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ ।
गृह मन्त्रालय दलितमाथि हुने भेद्भाव, उत्पीडन, छुवाछुतलगायतका घटनाको अनुसन्धानमा सहयोग तथा सहजीकरण गर्न प्रहरी प्रधान कार्यालयमा ‘दलित डेस्क’ स्थापना गरी सम्पर्क व्यक्ति तोक्न पत्राचार गरेको हो।
गृहमन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले प्रहरी प्रधानकार्यालयमा दलित डेस्क स्थापना गरी काम कारबाही अघि बढाउन पत्राचार गरिएको जानकारी दिनुभएको छ । उहाँले यसअघि ७७ जिल्लामा स्थापना भएका दलित डेस्कलाई प्रभावकारी रुपमा सञ्चालन र व्यवस्थापन गर्न निर्देशन दिइएको बताउनुभयो ।
‘दलित समुदायका व्यक्तिहरुको समेत सहभागितामा दलित डेस्क स्थापना गरी सामाजिक कुरीतिका रुपमा समाजमा विद्यमान छुवाछुत तथा भेदभाव हटाइ कानुन कार्यान्वयन तथा सुशासन अभिवृद्धिमा योगदान पु-याउन परिपत्र गरिएको हो’ प्रवक्ता तिवारीले भन्नुभयो– ‘डेस्कमा रहने प्रहरी कर्मचारीलाई समन्वयात्मक र प्रभावकारी रुपमा डेस्क सञ्चालन एवं व्यवस्थापन गर्न भनेका छौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै