
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय प्रशिक्षण विभागले केन्द्रीय समितिबाट स्वीकृत पाठ्यक्रम अनुसारको राजनीतिक प्रशिक्षण कार्यक्रम आजदेखि शुरु गरेको छ ।
स्वीकृत पाठ्यक्रमको पहिलो प्रशिक्षण केन्द्रीय कार्यालय वनस्थलीमा आयोजना भइरहेको र प्रशिक्षणमा केन्द्रीय समितिलाई सहभागी गराइएको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रम शनिबारसम्म सञ्चालन हुनेछ । पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले प्रशिक्षणको औचित्य र महत्वबारे प्रकाश पार्नुभएको छ ।
उपसभापति डा स्वर्णिम वाग्लेले प्रशिक्षणले सङ्गठनलाई मजबुत गर्दै नेतृत्व विकासमा प्रभावकारी कदम हुने बताउनुभयो । केन्द्रीय तह, प्रदेश तह हुँदै जिल्ला, पालिकासम्म प्रशिक्षण गर्ने तालिका रहेको उपसभापति डा वाग्लेले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै