
काठमाडौँ । आजदेखि फागुन ११ गतेसम्म भृकुटीमण्डपमा १० औँ नेपाल बिल्डकन अन्तरराष्ट्रिय प्रदर्शनी शुरु भएको छ ।
प्रदर्शनीको शुभारम्भ गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विकास निर्माणका काममा प्राथमिकता निर्धारण जरुरी रहेको बताउनुभयो । ‘मुलुकलाई समृद्ध बनाउन र स्थानीयको उत्पादन सहरसम्म पु¥याउन आवश्यक सडक र बाटो निर्माण सरकारको प्राथमिकतामा छ’ मन्त्री दाहालले भन्नुभयो– ‘वस्तु आयातका लागि एक देशसँग मात्र निर्भर हुने अवस्थाको अन्त्य गर्न सरकारले काम गरिरहेको छ ।’
प्रदर्शनीमा विभिन्न देशका ३ सय भन्दा बढी कम्पनीको १५० बढी स्टल छन् । प्रदर्शनीमा निर्माणसम्बन्धी उद्योग, कम्पनी, डिलर तथा सब डिलरहरू र बिक्रेताले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनका बारेमा जानकारी गराउने स्टल रहेको आयोजक संस्थामध्येका मिडिया स्पेस सोलुसन्स प्रालिका प्रबन्ध निर्देशक सिर्जल भट्टराईले बताउनुभयो ।
.उहाँका अनुसार निर्माण क्षेत्रमा आएका नयाँ प्रविधिका बारेमा जानकारी गराउने उद्देश्यले प्रदर्शनी शुरु गरिएको हो । अन्तरराष्ट्रिय प्रदर्शनीमा ‘कन्स्ट्रक्सन मेटेरियल्स’, ‘कन्स्ट्रक्सन मेसिनरी’, ‘प्रिफ्याब स्ट्रक्चर’, ‘युपिभिसी विन्डोज मेसिनरी’, ‘युपिभिसी प्रोफाइल’, ‘डोर्स एन्ड विन्डोज’, ‘आर्किटेक्चर हार्डवेयर’, ‘बाथरुम फिटिङ्स’, ‘पाइप, टायल्स एन्ड स्यानिटरी वायर’, ‘रफिङ’, ‘प्री इन्जिनियरिङ बिल्डिङ, पावर टुल्स’, ‘विन्डोज’लगायतका सामग्री रहनेछन् ।
मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरएक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिले संयुक्त रूपमा आयोजना गरेको प्रदर्शनीमा निर्माण व्यवसायसम्बन्धी उत्पादन र नवीनतम प्रविधि प्रमुख आकर्षण रहने प्रबन्ध निर्देशक भट्टराईले बताउनुभयो । प्रदर्शनीस्थल बिहान १० देखि बेलुका ६ बजेसम्म खुल्ला रहने र निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रदर्शनी ४० देखि ४५ हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । प्रदर्शनीले नेपालमा उत्पादन भइरहेका सामग्री र प्रविधिलाई पनि अन्तरराष्ट्रिय बजारसम्म लैजान सहयोग पुग्ने विश्वास आयोजकको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पार्टीको सदस्यता त्याग्न शिक्षकहरूलाई पूर्व शिक्षामन्त्री सुमनाको आग्रह
- लिङ्देनको अभिव्यक्ति रेकर्डबाट हटाउन कांग्रेसको माग
- कांग्रेसका महामन्त्री थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
- आन्दोलनमा सरकारले घुसपैठ गरायो : महासंघ
- मेरो बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नेहरुले प्रमाणित गर्न सक्छन् ? : प्रधानमन्त्री
- सप्तरीमा बस दुर्घटना, २ जनाको मृत्यु
- आवासीय चिकित्सकद्वारा सबै अस्पतालका ओपिडी सेवा ठप्प
- आमाको मृत्यु, शल्यक्रिया गरेर निकालिएको शिशुको अवस्था सामान्य
- सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध
- सरकार परिवर्तनका हल्ला मनोरञ्जनका लागि मात्रै : परराष्ट्रमन्त्री राणा