
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले सकारात्मक र समाजलाई बाटो देखाउने कार्य सञ्चारमाध्यमको भएको बताउनुभएको छ ।
राष्ट्रिय समाचार समिति (रासस) को ६४औँ स्थापना दिवसको अवसरमा रासस दाङले तुलसीपुरमा आयोजना गरेको ‘विकासमूलक पत्रकारितामा राससको भूमिका’ विषयक कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
रासस लामो इतिहास बोकेको समाचार तथा सूचनाको महत्वपूर्ण सञ्चारमाध्यम रहेको बताउँदै नगरप्रमुख खडकाले ‘समाजलाई सही दिशामा लैजाने काम सञ्चार माध्यमले सकारात्मक भूमिका निर्वाह गरिरहेको हुन्छ’ उहाँले भन्नुभयो ।
विकास निर्माणमा ढिलासुस्ती भएमा दबाब दिने कार्य पनि सञ्चा माध्यमकै भएको उहाँको भनाइ छ । दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले सामाजिक, आर्थिक, भौतिक, मानवीय लगायतका विकासका कार्यहरुमा रासससहित पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले समाज रुपान्तरणका लागि राष्ट्रिय समाचार समितिले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
रासस दाङका प्रमुख नारायणी रजौरेको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासङ्घ दाङका अध्यक्ष सन्तोष सुवेदी, आन्तरिक राजस्व कार्यालय तुलसीपुरका प्रमुख श्रीधर टन्डन, प्रेस चौतारी दाङका अध्यक्ष सुधासुमन ढकाल, प्रेस युनियनका केन्द्रीय सदस्य चेतन रेग्मी, नेपाली कांग्रेस तुलसीपुरका सभापति सुरेश हमाल, नेकपा एमाले तुलसीपुरका अध्यक्ष रुपबहादुर खत्री, माओवादी केन्द्र तुलसीपुरका अध्यक्ष मोहन थापा, तुलसीपुर उद्योग वाणिज्य सङ्घका सदस्य विमल गौतमलगायतले सार्वजनिक सञ्चारमाध्यममा राजनीतिले प्रमुखता पाइरहेको अहिलेको अवस्थामा विकासका मुद्दालाई उच्च महत्व दिएर रिपोर्टिङ गर्न रासससहित समग्र पत्रकारिता जगत्ले ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पार्टीको सदस्यता त्याग्न शिक्षकहरूलाई पूर्व शिक्षामन्त्री सुमनाको आग्रह
- लिङ्देनको अभिव्यक्ति रेकर्डबाट हटाउन कांग्रेसको माग
- कांग्रेसका महामन्त्री थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
- आन्दोलनमा सरकारले घुसपैठ गरायो : महासंघ
- मेरो बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नेहरुले प्रमाणित गर्न सक्छन् ? : प्रधानमन्त्री
- सप्तरीमा बस दुर्घटना, २ जनाको मृत्यु
- आवासीय चिकित्सकद्वारा सबै अस्पतालका ओपिडी सेवा ठप्प
- आमाको मृत्यु, शल्यक्रिया गरेर निकालिएको शिशुको अवस्था सामान्य
- सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध
- सरकार परिवर्तनका हल्ला मनोरञ्जनका लागि मात्रै : परराष्ट्रमन्त्री राणा