
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधान र कानुनले दिएको अधिकारी क्षेत्रभित्र रही प्रदेशको विकास गर्ने बताउनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ प्रदेशस्तरीय मूल समारोह समितिद्वारा आयोजित ‘७५औँ राष्ट्रिय प्रजातन्त्र दिवस’ मूल समारोहको आज सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
मुख्यमन्त्री कार्कीले प्रदेश संरचनालाई बलियो बनाई समृद्ध हासिल गर्नेतर्फ सरकार क्रियाशील छ भन्दै प्रदेश सरकार स्थापना भएको सात वर्षमा उल्लेखनीय काम भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रतात्मक व्यवस्थामा सुखी नेपाली र समृद्ध नेपाल बनाउने राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न प्रदेश सरकार योजनाबद्ध अघि बढिरहेको छ ।’
मुख्यमन्त्री कार्कीले राष्ट्रिय पुँजी निर्माण गरी राष्ट्रलाई समुन्नत बनाउने भन्दै राष्ट्रिय आकाङ्क्षा पूरा गर्न राजनीतिक दलहरूबीच सहमति, सहकार्य र एकता हुनुपर्छ भन्नुभयो । उहाँले आम नागरिकलाई सुखी बनाउन र शान्ति, सुरक्षा प्रत्याभूति दिलाउन सरकार प्रतिबद्ध छ भन्दै मुलुकलाई विकास र विकसित बनाउन निजी क्षेत्रसँग पनि सहकार्य गर्ने कुरामा जोड दिनुभयो ।
उहाँले मुलुकमा सङ्घीयता स्थापना भएपछि संविधानले कल्पना गरेको समाजवाद पूरा हुने भन्दै मुलुकमा प्रजातन्त्र स्थापना गर्न आफ्ना ज्यान बलिदान गर्नुभएका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
त्यसअघि नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रसेवक कर्मचारी, विभिन्न सङ्घसंस्था, ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, विभिन्न जातजातिको संस्कृति झल्किने झाँकीसहितको र्यालीले नगरपरिक्रमा गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै