
कैलाली । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले नेपाली जनताको ठूलो बलिदान र सङ्घर्षबाट प्राप्त प्रजातन्त्रको प्रवर्द्धनमा सबैको ध्यान जानुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज एक सन्देश जारी गर्नुहुँदै उहाँले प्रजातन्त्र स्थापनाका लागि भएका सङ्घर्षमा अमूल्य जीवनको आहुति दिनुभएका सम्पूर्ण ज्ञातअज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
सन्देशमा उहाँले जहानियाँ निरङ्कुश शासनविरुद्धको बलिदानीपूर्ण सङ्घर्षबाट प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको सम्झना सबैले गर्नुपर्ने उहाँले बताउनुभएको छ । उहाँले जारी गर्नुभएको सन्देशमा भनिएको छ– ‘प्रजातन्त्र स्थापनाका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण अग्रजहरूप्रति सम्मान एवं श्रद्धा प्रकट गर्दछु ।’
उहाँले नेपाली समाजको आधुनिकीकरण, राजनीतिक प्रणालीको लोकतान्त्रिकरण, सामाजिक न्याय र समानतालाई संस्थागत गरी आर्थिक विकास र समृद्धिको बाटोमा मुलुकलाई अगाडि बढाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रजातन्त्र दिवसले सबै निकायको स्वभाव र चरित्रलाई प्रजातान्त्रिक, जनमुखी र जनमैत्री बनाउँदै लोकतान्त्रिक मूल्यमा आधारित समाज निर्माणका लागि दिशानिर्देश गर्ने उत्सवका रूपमा स्थापित भएको अनुभव लिएको बताउनुभएको छ ।
प्रदेश प्रमुख मियाँले संविधानले व्यवस्था गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न, समावेशी लोकतन्त्र, दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि क्रियाशील हुँदै अघि बढ्ने प्रेरणा प्रजातन्त्र दिवसले सबैलाई प्रदान गर्न सकोस् भन्ने कामना पनि सन्देशमा गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै