
काठमाडौँ । भारतीय राज्य आसामको भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धनमा सक्रिय आसाम साहित्य सभाको ७७ औँ सम्मेलन नेपाल र आसामबीचको साहित्यिक र सांस्कृतिक सम्बन्धबारे चर्चा गरिएको छ ।
आसामको पाठशालामा भएको पाँचदिने सो सम्मेलनमा नेपाल र आसामबीचको साहित्यिक आदानप्रदान र सम्पदाबारे विशेष चर्चा भएको हो ।
शताब्दीऔँ पुरानो भाषिक, सांस्कृतिक, धार्मिक र वैचारिक आदानप्रदानले नेपाल र आसामबीच गहिरो सांस्कृतिक र साहित्यिक सम्बन्ध स्थापना गराएको छ । नेपाली साहित्यले आसामका लेखकहरूमा उल्लेखनीय प्रभाव पारेको छ भने आसामी साहित्यले पनि नेपालमा दिगो प्रभाव पारेको छ ।
यस प्रकारका आदानप्रदान नेपाली र आसामी भाषाका साहित्यिक परम्परा, एक अर्को भाषामा भएका अनुवाद तथा नेपाल र आसामका लेखक, अनुसन्धाता र विद्वानहरूका सहकार्यमा प्रतिबिम्बित भएका छन् । लिखित साहित्य मात्र होइन सयौँ वर्षदेखि चल्दै आएको अन्तक्र्रियाले एक अर्काको परम्परा, कला र सामाजिक प्रचलनमा पनि प्रभाव पारेको छ ।
सम्मेलनमा भाषाविद् प्राध्यापक माधवप्रसाद पोखरेलले नेपाल र आसामको संस्कृति, भाषा र साहित्यबारे प्रकाश पार्दै नेपाल र आसामको सांस्कृतिक आदानप्रदान तिनका परम्परा र चाडमा झल्कने र तिनमा हिमालय क्षेत्रको प्रभाव झल्कने बताउनुभयो ।
प्राध्यापक पोखरेलले आसामी साहित्य नेपाली संस्कृति र आध्यात्मिक परम्पराबाट प्रभावित भएको उल्लेख गर्दै नेपाली साहित्यले पनि आसामको विविधतापूर्ण संस्कृतिबाट प्रेरणा लिएको चर्चा गर्नुभयो ।
आसाम साहित्य सभाका नव नियुक्त अध्यक्ष वसन्तकुमार गोस्वामीले आसामी भाषा र साहित्यको प्रवर्द्धनमा आफू लागिरहने प्रण गर्नुभयो । कार्यक्रममा सभाका निवर्तमान अध्यक्ष डा हेमन्तकुमा बरुआ र महासचिव डा उपेन्द्रजित सर्माले सङ्गठन आसामको साहित्यिक र सांस्कृतिक विविधता प्रवर्धन गर्न कोसेढुङ्गा साबित भएको दाबी गर्नुभयो ।
सन् १९१७ मा स्थापित आसाम साहित्य सभाको यस वर्षको सम्मेलनका क्रममा आयोजना गरेको मेलामा पाँच दिनमा करिब ३० लाख मानिस उपस्थित भएको आयोजकले जनाएका छन् । पहिलो पटक राखिएको विज्ञान प्रदर्शनी, पुस्तक प्रदर्शनी, सांस्कृतिक झाँकी प्रदर्शनी र भारतीय सेनाको विशेष प्रदर्शनी मेलाका आकर्षण थिए ।
भारत सरकारले गत वर्ष आसामी भाषालाई प्राचीन भाषाको मान्यता दिएपछि पहिलो पटक आयोजित सम्मेलनमा भारत, नेपाल र विश्वभरबाट ६ हजार जना भन्दा बढी सहभागीको उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन