+

अर्थमन्त्री र मेयरआचार्यको अनुहार ५-६ प्रतिशत जलेको छ : अस्पताल

काठमाडौँ । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्ने क्रममा बेलुन फुटेर आगलागी हुँदा घाइते अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई उच्च निगरानीमा राखेर उपचार गर्नुपर्ने अस्पतालले बताएको छ । 


कीर्तिपुरस्थित बर्न अस्पतालका निर्देशक डा. किरणकिशोर नकर्मीले विज्ञप्ति निकालेर उहाँहरुलाई उच्च निगरानीमा राखेर उपचार गर्नुपर्ने जानकारी दिनुभएको हो । 

अस्पतालको प्रारम्भिक अनुसन्धानअनुसार दुवैजनाको अनुहारमा ५–६ प्रतिशत जलेकाले श्वासनली र फोक्सोमा असर गर्ने हुँदा उच्च निगरानीमा राखेर उपचार गर्नुपर्ने आवश्यकता रहेको औँल्याइएको हो। 

अहिले उहाँहरूलाई सघन उपचार कक्षमा भर्ना गरिएको छ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट