
पर्सा । गोतामे पत्रकारिता स्वर्णपदकबाट दार्चुलाका पत्रकार मनोज बडु सम्मानित हुनुभएको छ । पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठान वीरगञ्जले आज आयोजित कार्यक्रमबीच पत्रकार बडुलाई सम्मानित गरेको हो ।
प्रतिष्ठानले मोफसलमा सक्रिय पत्रकारिता गर्दै आइरहेका एक पत्रकारलाई वर्षेनी एक तोला सुनको स्वर्णपदकसहित सम्मान गर्दै आइरहेको छ । संविधानसभाका सदस्य अनिलकुमार रुगँटा र प्रतिष्ठानका अध्यक्ष जगदीशप्रसाद शर्माले पदक वितरण गर्नुभएको हो ।
संविधानसभाका सदस्य रुगँटाले पत्रकारितालाई स्वच्छ र पारदर्शी बताउँदै लैजानुपर्ने बताउनुभयो । वरिष्ठ पत्रकार चन्द्र किशोरले स्वर्गीय पत्रकार गौतमले राष्ट्र र समाजप्रति निष्ठावान पत्रकारिता गर्दै आइरहेको स्मरण गर्नुभयो । ‘पत्रकारितालाई अझै जनताप्रति निष्ठावान हुँदै राष्ट्र र जनताको हित हुनेतर्फ अघि बढ्न जरुरी भइसकेको छ’ उहाँले भन्नुभयो ।
प्रतिष्ठानका अध्यक्ष शर्माले काठमाडौँ बाहिर बसेर पत्रकारिता क्षेत्रमा कलम चलाउँदै आइरहेका सक्रिय पत्रकारलाई स्वर्णपदक वितरण गर्दै आइरहेको जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष श्याम बञ्जरा, नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष ओमप्रकाश खनाल लगायतले पत्रकारिताको मूल्यमान्यता र धर्मलाई कायम राख्दै पत्रकारिता गर्नुपर्ने धारणा राख्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै