
हैदराबाद (भारत) । भारत बायोटेकका कार्यकारी अध्यक्ष डा कृष्णा एल्लाले नेपाली किसानलाई सस्तो मूल्यमा लम्पी स्किन रोगविरुद्धको खोप उपलब्ध गराउने बताउनुभएको छ ।
हैदराबादस्थित जेनोम उपत्यकामा रहेको कम्पनीको कार्यालयमा नेपाली सञ्चारकर्मीसँगको अन्तरक्रियामा उहाँले आफूहरूले उत्पादन गरेको खोप ‘बायोभेट’ले स्वीकृत पाइसकेको र नेपाललगायत देशका किसानलाई सस्तो मूल्यमा उपलब्ध गराउने बताउनुभयो ।
‘भारत बायोटेक समूहको कम्पनी बायोभेटले उत्पादन गरेको लम्पी स्किन रोगविरुद्धको खोप बजारमा ल्याउनका लागि भारतको राष्ट्रिय औषधि नियामक निकायबाट स्वीकृति प्राप्त गरिसकेको छ । खोपको प्रयोगबाट ठूलो सङ्ख्यामा गाईभैँसी बचाउन सहयोग पुग्ने अपेक्षा छ’ उहाँले भन्नुभयो । कम्पनीले उत्पादन गरेको खोपलाई सेन्ट्रल ड्रग्स स्टान्डर्ड कन्ट्रोल अर्गनाइजेसनले स्वीकृति दिइसकेको एल्लाले बताउनुभयो ।
उहाँले पछिल्ला दुई वर्षमा रोगका कारण करिब दुई लाख गाईभैँसी मरेको उल्लेख गर्दै त्यसले दूध उत्पादनमा समेत ह्रास आएको बताउनुभयो । नेपालमा मात्रै पछिल्लो २ वर्षमा करिब १० हजार गाईभैँसी लम्पी स्किन रोगका कारण मरिसकेका छन् भने मुलुकका ७३ जिल्लाका साढे तीन लाखभन्दा बढी पशु सङ्क्रमित भइसकेका छन् ।
‘रोगको सङ्क्रमणपछि गाईभैँसीले दिने दूधको परिमाणमा उल्लेख्य कमी आउँछ’ उहाँले भन्नुभयो, ‘मैले सुनेअनुसार नेपालले अहिले तीन डलरमा खोप ल्याइरहेको छ, हामीले नेपालका किसानलाई एक डलरमै खोप उपलब्ध गराउने योजना बनाएकका छौँ ।’
अध्यक्ष डा एल्लाले खोपको गुणस्तर, सुरक्षा, र प्रभावकारिता भारतीय कृषि अनुसन्धान परिषद्, नेसनल रिसर्च सेन्टर अन इक्वाइन र भारतीय पशुचिकित्सा अनुसन्धान संस्थानमा परीक्षण गरिएको कम्पनीको भनाइ छ । लम्पी स्किन रोग लागेपछि गाईभैँसीको शरीरभरि छालामा गिर्खा देखापर्ने, ज्वरो आउने, ग्रन्थी सुन्निने, दूध उत्पादन घट्ने र हलचल गर्न कठिनाइ हुने जस्ता लक्षण देखिने गरेका छन् ।
संस्थापक एल्लाले यो खोप पशुचिकित्सा क्षेत्रमा रोगको निगरानी र उन्मूलनका लागि ‘गेम–चेन्जर’ हुने दाबी गर्नुभयो । कम्पनीले तत्कालका लागि ५० करोड डोज खोप उत्पादन गरी बजारमा पठाउने योजना बनाएको जनाइएको छ । यो रोग लागेपछि पशुको दूध दिने क्षमतामा ३५ प्रतिशतभन्दा बढीले कमी आउने भएकाले समयमै समस्या समाधानमा यसले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कोरोना भाइरसविरुद्धको कोभ्याक्सिन लगायतका करिब तीन दर्जन खोप उत्पादन गरिसकेको कम्पनी सन् १९९६ मा स्थापना भएको हो । अमेरिकाबाट स्वदेश फर्किएर डा एल्ला र उहाँकी श्रीमती सुचित्रा एल्लाले कम्पनी स्थापना गर्नुभएको थियो । हाल भारत बायोटेक कम्पनीसँग २ सय २० भन्दा बढी पेटेन्ट छन् । हाल भारत बायोटेक कम्पनीले खोप उत्पादनसँगै कृषि र जैविक क्षेत्रमा पनि काम गरिरहेको जनाइएको छ ।
साथै कम्पनीसँग विभिन्न स्थानका प्लान्टमार्फत वार्षिक ६ अर्ब डोज खोप उत्पादन गर्न सक्ने क्षमता रहेको त्यस अवसरमा जानकारी दिइयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै