
ललितपुर । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) पाटन संयुक्त क्याम्पस इकाइका विद्यार्थीहरूले खाजा खर्च बचाएर पुस्तकालय पुनः निर्माण गरेका छन् ।
विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको पुस्तकालय भवनको मर्मतसम्भार, रङ्गरोगनका साथै साजसज्जा गरेर क्याम्पस प्रशासनलाई हस्तान्तरण गरिएको छ ।
विद्यार्थीहरूले खाजा खर्च कटाएर दिएको करिब १० लाख रुपैयाँको लागतमा जीर्ण अवस्थामा रहेको पुस्तकालय पुनःनिर्माण गरिएको नेविसङ्घ पाटन इकाइका सभापति तारा शर्माले जानकारी दिनुभयो ।
बुधबार उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले पुस्तकालयको उद्घाटन गरेसँगै क्याम्पस प्रशासनलाई विधिवत् रूपमा हस्तान्तरण गरिएको छ ।
उपप्रधानमन्त्री सिंहले खाजा खर्च कटाएर विद्यार्थीले गरेको असल कामका लागि धन्यवाद दिनुभयो । उहाँले विद्यार्थीले राजनीति मात्रै नभइ यस्तै रचनात्मक काम गर्ने समाजमा पनि राम्रो सन्देश प्रवाह हुने बताउनुभयो । अब राम्रो विषय पढ्नका लागि नेपालमै सम्भव रहेको र देशभित्रै बसेर पनि विश्वका उत्कृष्ट विश्वविद्यालयमा पढाइ हुने पाठ्यक्रम पढ्न सकिनेबारे साथीभाईलाई आस्वस्त पार्न उपप्रधानमन्त्री सिंहले विद्यार्थी सङ्गठनलाई आग्रह गर्नुभएको थियो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं राष्ट्रियसभा सदस्य जीतजङ्ग बस्नेतले अबको एक वर्षभित्र पाटन क्याम्पसमा सकारात्मक परिवर्तन भएको देख्न पाइने विश्वास व्यक्त गर्नुभयो । उहाँले राजनीतिभन्दा माथि उठेर विद्यार्थीले गरेको कामको सराहना गर्नुभयो ।
नेविसङ्घ पाटन इकाइका सभापति शर्माले गत वर्षबाटै एक वर्षभित्र गर्ने कामको खाका तयार गरेर शौचालय, पुस्तकालय, खानेपानीको व्यवस्थापन, प्राथमिक उपचार केन्द्र निर्माण गरिएको बताउनुभयो । उहाँले विगत ५२ सातासम्म प्रत्येक हप्ताको शुक्रबार क्याम्पस हाताभित्र सरसफाइ अभियानसमेत सञ्चालन गरिएको जानकारी दिनुभयो ।
‘हामीले ४५ दिनसम्म रचनात्मक आन्दोलन गर्दा पनि क्याम्पसमा सुधार हुन सकेन, त्यसपछि विद्यार्थीबाटै रकम जुटाएर काम गयौँ । अब आन्दोलन र तालाबन्दीभन्दा पनि रचनात्मक कामबाट परिवर्तन गर्नुपर्छ भनेर नेविसङ्घ लागेको छ’ उहाँले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै