
चितवन । यहाँका व्यवसायीले भारतमा पोल्ट्री व्यवसायमा बर्डफ्लु देखा परेपछि रोग भित्रिन नदिनका लागि सीमा क्षेत्रमा कडाइ गर्न गृहमन्त्री रमेश लेखकसँग आग्रह गरेका छन् ।
नाकाहरूबाट सेतो अण्डा, मासु र चल्ला अवैध रूपमा चोरी निकासी हुँदा पोल्ट्रीजन्य पदार्थसँगै रोग भित्रिन सक्ने भन्दै व्यवसायीले आज गृहमन्त्रीलाई भेटी सीमा क्षेत्रमा कडाइ गर्नुपर्नेमा ध्यानाकर्षण गराएका हुन् ।
भेटका क्रममा गृहमन्त्री लेखकले प्रहरी सङ्गठनका प्रमुखहरूलाई आजै बोलाएर सीमा क्षेत्रबाट अवैध रूपमा कुनै पनि पोल्ट्रीजन्य पदार्थ भित्रिन नदिन निर्देशन दिने बताउनुभयो । यसअघि पनि यो विषयमा जानकारी प्राप्त गरेको भन्दै उहाँले नेपालमा रोग भित्रिन नदिन प्रशासनले गर्ने काममा कुनै कमी हुन नदिने आश्वासन दिनुभएको नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलले बताउनुभयो ।
पोखरेलले भन्नुभयो, “गृहमन्त्रीले हामीलाई आश्वस्त पार्नुभएको छ, हामी ढुक्क भएर फर्किएका छौँ ।” उहाँका अनुसार भारतको उत्तर प्रदेश र विहारमा बर्डफ्लु देखिएको छ । नेपालका सीमा क्षेत्र र नजिकका बजारमा ३० प्रतिशतभन्दा बढी भारतीय सेतो अण्डा आउने गरेकाले सीमामा कडाइ गर्न आग्रह गरिएको उहाँले जानकारी दिनुभयो । रोगको जोखिम र नेपालीको अण्डाको बजार समेत प्रभावित हुने भएपछि गृहमन्त्रीको ध्यानाकर्षण गराइएको पोखरेलले बताउनुभयो ।
भेटका क्रममा पोल्ट्री व्यवसायी मञ्चका तर्फबाट निवर्तमान अध्यक्ष राजेन्द्र लामिछाने र सङ्घका अध्यक्ष पोखरेलले मन्त्री लेखकलाई ज्ञापनपत्र बुझाउनुभएको थियो । ह्याचरी उद्योग सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका लामिछानेका अनुसार अण्डा, मासु र चल्ला सीमा क्षेत्रबाट खुल्ला रूपमा भित्रिरहेका छन् । सुरक्षा निकायले सीमा क्षेत्रमा कडाइ नगरेपछि मन्त्रीलाई भेट्नुपरेको उहाँले बताउनुभयो ।
भेटमा सङ्घका महासचिव भेषराज अर्यालसहित पोल्ट्रीसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पार्टीको सदस्यता त्याग्न शिक्षकहरूलाई पूर्व शिक्षामन्त्री सुमनाको आग्रह
- लिङ्देनको अभिव्यक्ति रेकर्डबाट हटाउन कांग्रेसको माग
- कांग्रेसका महामन्त्री थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
- आन्दोलनमा सरकारले घुसपैठ गरायो : महासंघ
- मेरो बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नेहरुले प्रमाणित गर्न सक्छन् ? : प्रधानमन्त्री
- सप्तरीमा बस दुर्घटना, २ जनाको मृत्यु
- आवासीय चिकित्सकद्वारा सबै अस्पतालका ओपिडी सेवा ठप्प
- आमाको मृत्यु, शल्यक्रिया गरेर निकालिएको शिशुको अवस्था सामान्य
- सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध
- सरकार परिवर्तनका हल्ला मनोरञ्जनका लागि मात्रै : परराष्ट्रमन्त्री राणा