
काठमाडौँ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा अवनिभूषण उपाध्यायको पुस्तक ‘मान्छेको मुटु’ सार्वजनिक गरिएको छ ।
आज आयोजित समारोहमा पुस्तकका प्रकाशक इदा उपाध्याय, वरिष्ठ फिजिसियन डा सत्यनारायण सुवाल, वरिष्ठ मुटुरोग विशेषज्ञ डा रत्नमणि गजुरेल, वरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मी, साहित्यकार राजेन्द्र थापा, लेखक तथा सम्पादक लक्ष्मण अधिकारीले संयुक्त रूपमा पुस्तक लोकार्पण गर्नुभयो ।
डा रेग्मीले मुटुसँग सम्बन्धित वैज्ञानिक, प्राविधिक, आध्यात्मिक, भावनात्मक सबै पाटो जोडिएर पुस्तक लेखिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘जीवनको शुरुवात नै मुटुको धड्कनबाट हुन्छ र अन्त्य पनि यसैबाट । पुस्तकमा मुटुबारे विविध जानकारी हुनाका साथै मन र आत्माबारे चर्चा छ । प्रश्नोत्तर शैलीमा लेखिएको पुस्तक रोचक छ ।’
साहित्यकार थापाले पुस्तकले आमपाठकले बुझ्ने गरी मुटुसम्बन्धी सरल भाषामा जानकारी प्रस्तुत गरिएको बताउनुभयो । उहाँले पुस्तकले मेडिकलभन्दा पनि आममानिसका मुटुसम्बन्धी जिज्ञासालाई प्रश्नोत्तरमार्फत मनका कुरा रोचक ढङ्गले लेखिएको र यो सबैका लागि उपयोगी भएको बताउनुभयो ।
गैरआख्यान विधाको यो पुस्तक ३१० पृष्ठको छ । साढे चार दशकदेखि मुटु उपचार संलग्न डा उपाध्यायको यसअघि ‘मुटुसँग सहयात्रा’ नामक पुस्तक प्रकाशन भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन