
दाङ । दाङमा सिमसार क्षेत्रको संरक्षणले पानीमा आश्रित स्वदेशी तथा विदेशी चराचुरुङ्गीको सङ्ख्या बढ्न थालेको छ ।
घोराही उपमहानगरपालिका– १७ कर्जाहीमा सात वर्ष अघिसम्म कुनै जलाशय नहुँदा सुक्खापन बढाइरहेको थियो । .गाउँ नजिकैको सामुदायिक वन क्षेत्रमा रहेको सिमसार क्षेत्रको संरक्षणका लागि प्रदेश र स्थानीय सरकारले बजेट दिएपछि स्थानीयको पहलमा जलाशय बनेको थियो । अहिले त्यही जलाशय मानिसको मात्र नभइ स्वदेशी तथा विदेशी चराको आकर्षणको केन्द्र बनेको जलाशय उपभोक्ता समिति अध्यक्ष छित्रु चौधरीले बताउनुभयो ।
यहाँ आगुन्तुक चरा आउने गरे पनि यसको संरक्षणका लागि सरकारीस्तरबाट पनि काम गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘जलाशय त बन्यो विदेशी चरा आएका छन्, यसको संरक्षण कसरी, कहाँ गएर गर्ने भन्ने अझै अन्योल छ ।’ जलाशयबाट सिँचाइ गर्ने काम भए पनि चरा संरक्षणका लागि धेरै काम गर्न बाँकी रहेको उहाँ बताउनुहुन्छ ।
दाङका जलाशय, नदी तलाउमा चिसो छल्न र खानेकुराको खोजीमा हरेक वर्ष हिउँदे आगन्तुक चरा आउँछन् । दाङमा पाइने चरा र आगन्तुक चराका बारेमा अध्ययन गर्दै आउनुभएका लालमणि रेग्मीले कृत्रिम जलाशय, सीमसारसँगै बबई नदी आसपासमा विदेशी आगन्तुक चराको उपस्थिति लोभ लाग्दो रहेको बताउनुभयो ।
नेपालमा चीन, पूर्वी युरोप, मङ्गोलिया, रुस, साइबेरिया तथा कोरियालगायतका ठाउँबाट चिसो छल्न चरा नेपाल आउने गरेका छन् । तीमध्ये धेरैजसो चरा दाङका जलाशयमा भेटिन्छन् । चरा असोज तथा कात्तिकमा आइपुग्ने र बढीमा छ महिनासम्म बस्ने गरेको चरा विज्ञ चिरञ्जीवी खनालले बताउनुभयो । दाङमा २८ प्रजातिका जलपक्षी पाइने गरेको जलपक्षी तथा वन्यजन्तु संरक्षणकर्मी खनालले बताउनुभयो ।
घोराहीका नगर प्रमुख नरुलाल चौधरी कुनै समय सुकेका ठाउँमा पनि अहिले जलमग्न भएको बताउनुहुन्छ । कृत्रिम जलाशयले गर्दा चराको बासस्थान भएको उहाँको भनाइ छ । त्यसका कारण बाहिरी देशबाटसमेत उहाँ चरा आउने गरेका छन् ।
कृक्रिम ताललाई भोलिका दिनमा अझै प्रवद्र्धन गर्दै जलपक्षीको पनि संरक्षणमा लाग्ने उहाँ बताउनुहुन्छ । जलाशयमा जम्मा भएको पानीको सहयोगबाट स्थानीयले सिँचाइ, माछापालन, तरकारीखेती, फलफूलखेती समेत गरिरहेको उहाँको भनाइ छ । खासगरी सुक्खा हुँदै गएको घोराहीलाई जोगाउनसँगै सिँचाइ सुविधा पुगेको उहाँ बताउनुहुन्छ ।
घोराहीका विभिन्न वडामा अहिले ४० बढी जलाशय निर्माण गरिएको छ । यी जलाशयले घोराहीको विकास र समृद्धिका लागि सहयोग पुर्याउने समेत अपेक्षा गरिएको छ । नेपाल पंछीविद् सङ्घका अनुसार गत वर्ष गरिएको जलपक्षी गणनामा देशभरका १८ प्रमुख सिमसार क्षेत्र अन्तर्गत ८४ साना क्षेत्रमा ७९ प्रजातीका ६३ हजार ९०० जलपक्षी छन् । जानकारका अनुसार संसारमा चराका १० हजार प्रजाति छन् भने त्यसको झण्डै नौ प्रतिशत नेपालमा पाइन्छन् ।
ती चराको संरक्षण गरेर बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने भए पनि नेपालमा जलपछीको गणनाबाहेक अरु काम हुन नसकेको विज्ञहरू बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै