
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव जापानका सम्राट नारूहितोको ६५ औँ शुभजन्मोत्सवका उपलक्ष्यमा यहाँस्थित जापानका राजदूत तोरू मायदाले आयोजना गर्नुभएको स्वागत समारोहमा सरिक हुनुभएको छ।
राजदूत मायदाको निवास ताहचलमा आयोजित समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री प्रकाशमान सिंह, पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र बाबुराम भट्टराई, तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, उपसभामुख इन्दिरा राना, राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे सहभागी हुनुहुन्थ्यो ।
त्यसअवसरमा मन्त्रिगण, पूर्वपरराष्ट्रमन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेता, सांसद, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, प्राध्यापक, उद्योगी, व्यवसायी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिका साथै समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिको उपस्थिति थियो ।
कार्यक्रममा राजदूत मायदाले अतिथिहरूको स्वागत गर्दै जापान–नेपालबीच लामो समयदेखि मैत्रीपूर्ण, घनिष्ठ र सुमधुर सम्बन्ध रहिआएको बताउनुभयो । नेपाल–जापान सम्बन्ध सरकारीस्तरमा मात्र नभई जनस्तरमा विस्तार भइरहेको बताउँदै उहाँले अहिले जापानमा सूचना प्रविधिलगायत क्षेत्रमा ठूलो सङ्ख्यामा नेपाली विद्यार्थीले उच्च शिक्षा हासिल गरिरहेको जानकारी दिनुभयो ।
नेपालको आर्थिक विकासमा जापानले विभिन्न क्षेत्रबाट सहयोग पु-याइरहेको बताउँदै राजदूत मायदाले गोर्खा केन्द्रबिन्दु भई गएको विसं २०७२ को भूकम्पपछि जापानी सहयोगमा नेपालमा दुई सयभन्दा बढी विद्यालय भवन निर्माण गरिएको जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै