
काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विकासका लागि विज्ञान र प्रविधि आवश्यक रहेको बताउनुभएको छ ।
बसुन्धरास्थित साउथवेष्टर्न स्टेट कलेजले आज आयोजना गरेको १३ औँ विज्ञान प्रदर्शनीको उद्घाटन गर्दै उहाँले आगामी दिनमा शिक्षा नीति बनाउँदा विज्ञान र प्रविधिलाई समेट्नुपर्ने बताउनुभयो । ‘विद्यार्थीमा विज्ञान तथा प्रविधिको महत्व जगाउन यस्ता कार्यक्रम फलदायी हुनेछ, हाम्रोजस्तो मुलुकमा विज्ञान र प्रविधिको क्षेत्रमा लगानी बढाउन जरुरी छ’ उपप्रधानमन्त्री सिँहले भन्नुभयो ।
राज्यले विज्ञान तथा प्रविधिको क्षेत्रमा पर्याप्त लगानी गर्न नसकेको उहाँको भनाइ छ । उपप्रधानमन्त्री सिंहले विद्यार्थीले सैद्धान्तिक ज्ञान र सीपलाई व्यावहारिक बनाउन यस्ता प्रदर्शनीले मद्दत पुग्ने बताउनुभयो ।
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले विद्यार्थीलाई वैज्ञानिक, व्यावहारिक, जीवनपयोगी, अनुसन्धनात्मक शिक्षा प्रदान गर्नुपर्ने बताउनुभयो ।
कलेजका अध्यक्ष वासुदेव विष्टले विज्ञान र प्रविधिको विकास विना कुनै आविष्कार गर्न नसकिने बताउँदै साउथवेस्टर्न कलेजले स्थापनाकालदेखि विज्ञान र प्रविधिलाई जोड दिँदै आएको बताउनुभयो । आजदेखि शुरु भएको प्रदर्शनीमा निजी तथा सामुदायिक विद्यालय तथा कलेजका विद्यार्थीका तर्फबाट ६० भन्दा बढी स्टल राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै