
काठमाडौँ । नाट्यसम्राट बालकृष्ण समको १२३औँ जन्मजयन्ती मनाइएको छ । नेपाल शिक्षा परिषद् काठमाडौँ र काठमाडौँ महानगरपालिका–१ ले संयुक्त कार्यक्रम आयोजना गरी जन्मजयन्ती मनाएको हो ।
यसक्रममा कमलपोखरी परिसरमा रहेको समको मूर्तिमा साहित्यकार, साहित्य अनुरागी तथा विद्यार्थीले माल्यार्पण गर्दै श्रद्धासुमन प्रकट गर्नुभयो । साहित्यकार पिताम्बर दाहालले समलाई कोहीसँग पनि तुलना गर्न नसकिने बताउनुभयो । उहाँले भन्नुभयो– ‘नेपालीभाषी उहाँप्रति सधैँ आभारी हुनुपर्छ । उहाँको कृति स्पष्ट बुझिने, शब्दरूपी गहना, माधुर्य भरिएको हुन्छ । शब्द छानेर राख्न सक्ने सामथ्र्य, गाम्र्भीयता, मधुरता, स्पष्टता सम र बिपीमा मात्र पाइन्छ । उहाँ जस्ता विभूतिबारे सबै जानकार हुनुपर्छ ।’
कवि प्रह्लाद पोखरेलले समको सम्झना र सम्मानमा शिक्षा परिषद्ले लामो समयदेखि जन्मजयन्ती मनाउँदै आएको बताउनुभयो । उहाँले पूर्वीय र पाश्चात्य दर्शनका विद्वान, बहुआयामिक व्यक्तित्व समको सम्मानमा हरेक वर्ष कार्यक्रम गर्दै आइएको जानकारी दिनुभयो । त्यही अवसरमा नाट्यसम्राट सम केन्द्रित कविता प्रतियोगिता आयोजना गरिएको थियो । यसमा आर्या अवस्थी प्रथम, निमा लामा द्वितीय, अजर रेग्मी तृतीय र सन्तोषकुमार मण्डलले सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो ।
बालकृष्ण समलाई नेपाली साहित्य जगतका शेक्सपियर मान्ने गरिएको छ । उहाँको जन्म विसं १९५९ माघ २४ गते भएको थियो । उहाँका ‘मुकुन्द–इन्दिरा’, ‘प्रेमपिण्ड’,‘मुटुको व्यथा’ आदि चर्चित कृति मानिन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन