
काठमाडौँ । प्रेस चौतारी नेपालले विभिन्न सात विधिमा पत्रकारिता पुरस्कार घोषणा गरेको छ । वरिष्ठ पत्रकार गोविन्द पोखरेलको संयोजत्वमा गठित पुरस्कार छनोट समितिको सिफरिसका आधारमा प्रेस चौतारीले सात विधामा पुरस्कार पाउने पत्रकारको नाम घोषणा गरेको हो ।
प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाका अनुसार हृदयचन्द्रसिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार नेपालप्रेस डटकमका प्रधानसम्पादक मातृका पौडेल (रामेछाप) लाई दिने निर्णय गरिएको छ ।
अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार हेमन्त पौडेल (कैलाली), डा शान्ति पाण्डे प्रेस चौतारी नेपाल राष्ट्रिय महिला पत्रकारिता पुरस्कार शान्ति गुरुङ (कास्की), वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार लालबाबु शेख (पर्सा) र रिमा सोमै (पाल्पा) लाई प्रदान गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार टपेन्द्र कार्की (काठमाडौँ) र मालती केसी (सुर्खेत), सावित्रीदेवी–पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार उषा तामाङ (दोलख) र रोशनी कठेत (सुनसरी) तथा चन्द्र न्यौपाने–शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार गार्डेन राई (सोलुखुम्बु) र हरिश चन्द (डडेल्धुरा) लाई प्रदान गर्ने निर्णय गरिएको महासचिव लामाले उल्लेख गर्नुभयो ।
उहाँले प्रेस चौतारी नेपालले हरेक वर्ष आफ्नो स्थापना दिवसको अवसर (२२ माघ) मा प्रदान गर्दै आएको पुरस्कार फागुन २५ देखि २७ गतेसम्म विराटनगरमा हुने १०औँ महाधिवेशनमा दिने निर्णय भएको पनि बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै