
वीरगञ्ज । राजस्व अनुसन्धान कार्यालय पथलैयाले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ६८ करोड ७३ लाख मागदाबीसहित राजस्व चुहावटसँग सम्बन्धित ८ वटा मुद्दा दायर गरेको छ ।
कार्यालयले गत आर्थिक वर्षको सोही अवधिमा भने ५४ लाख माग दावीसहित राजस्व चुहावटसँग सम्बन्धित एक मात्रै मुद्दा दर्ता गरेको थियो । राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माले गत आर्थिक वर्षको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा राजस्व चुहावट सम्बन्धित मागदावी रकम र मुद्दासंख्या उल्लेखनीय रुपमा वृद्धि भएको जानकारी दिनुभयो ।
‘कार्यालयले चालु आवको ६ महिनाको अवधिमा ६८ करोड ७३ लाख राजस्व चुहावद्ध मुद्दा मागदावी रकमसहित ८ वटा राजस्व चुहावटका मुद्दा दर्ता गरेको छ’ उहाँले भन्नुभयो– ‘गत आवको त्यही अवधिमा राजस्व चुहावट सम्बन्धित एउटा मात्रै मुद्दा दर्ता भएको थियो ।’
कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा राजस्व चुहावट धरौटी दाखिला रकम करिव ९६ प्रतिशत बढी सङ्कलन गरेको छ । कार्यालयले चालु आवको ६ महिनाको अवधिमा राजस्व चुहावट धरौटी दाखिला रकम दुई करोड ९८ लाख रुपैयाँ सङ्कलन गरेको छ । जबकी गत आवको छ महिनाको अवधिमा भने एक करोड ५२ लाख रुपैया धरौटी दाखिला गरेको थियो ।
कार्यालयले गत आवको छ महिनाको तुलनामा चालु आवको त्यही अवधिमा भिसिटिएस जरिवाना रकममा पनि १२ लाख ४३ हजार बढी सङ्कलन गरेको छ । कार्यालयले चालु आवको ६ महिनाको अवधिमा भिसिटिएस जरिवाना रकम ४७ लाख ४३ हजार रुपैयाँ सङ्कलन गरेको छ । गत आवको त्यही अवधिमा भने ३५ लाख रुपैयाँ सङ्कलन गरेको थियो ।
कार्यालयले चालु आवमा विदेशी बिनियम मुद्दा संख्या ६ रहेको छ भने गत आवमा पनि यो मुद्दासंख्या ६ नै रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै