
चितवन । चितवन जिल्ला अदालतले पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाएको छ ।
जिल्ला अदालतमा आज थुनछेक बहस नसकिएपछि पूर्वगृहमन्त्री लामिछानेलाई फेरि न्यायिक हिरासत पठाइएको हो । जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई न्यायिक हिरासतमा राख्न आदेश दिएको हो ।
न्यायाधीश ढकालको इजलासले लामिछानेलाई भोलि (बिहीबार) १० बजे अदालतमा उपस्थित हुनेगरी न्यायिक हिरासतमा पठाउने आदेश दिएको छ । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना प्रकरणमा लामिछानेसहित १५ जना प्रतिवादीको आजदेखि बयान र थुनछेक बहस शुरु भएको छ ।
बुधबार सरकारी वकिलको तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने र सहकाय न्यायाधिवक्ताहरू अमृत सुवेदी, बुद्ध बहादुर थापासहित ३ जनाले बहस गर्नु भएको थियो । सरकारी वकिलको बसह सकिएको छ । सहकारी पीडितको तर्फबाट रमेश काफ्लेको मात्रै बहस सकिएको छ । अन्य बहस भोलि अदालत खुलेपछि हुने भएको छ ।
अन्य बहस नसकएको कारण अदालतले लामिछानेलाई न्यायिक हिरासतमा राख्न आदेश गरेको हो । जाहेरवाला र प्रतिवालीको तर्फबाट बहस र थुनछेक गर्नका लागि भोलि उपस्थित हुनेगरी लामिछाने प्रहरीको जिम्मा लगाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- डोटीमा माइक्रोबस दुर्घटना: १ जनाको मृत्यु ६ जना घाइते
- सरकार र आन्दोलनरत शिक्षकबीच निर्णायक वार्ताको तयारी
- सत्तापक्षीय दलको बैठक बालुवाटारमा जारी
- राष्ट्रपति पौडेलले शुक्रबार संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्ने
- नेपालमा मानव अधिकारको अवस्था झन् खस्कियो : एमनेस्टी इन्टरनेसनल
- प्रधानमन्त्रीलाई मेटमणीको चेतावनी : सिंहदरबार र बालुवाटारबाट भाग्नुपर्ला
- प्रधानमन्त्रीले १० महिनासम्म सम्पती विवरण किन नबुझाएको ?
- आज २८ औँ दिनपनि शिक्षकहरुको आन्दोलन जारी
- शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग
- पार्टीको सदस्यता त्याग्न शिक्षकहरूलाई पूर्व शिक्षामन्त्री सुमनाको आग्रह