
मकवानपुर । हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले दैनिक ३ करोड ७० लाख लिटर खानेपानी बितरण गरिरहेको छ । बोर्डले उपमहानगर क्षेत्रमा बसोबास गर्ने करिब १ लाख ६५ हजार नगरवासीलाई २८ हजार १ सय १२ धारामार्फत दैनिक ९ घण्टासम्म पानी वितरण गर्दै आइरहेको हो ।
बोर्डका अध्यक्ष प्रताप विष्टले हेटौँडाको मुख्य बजार क्षेत्रमा भने २४ सैँ घण्टा पानी आपूर्ति गर्न बोर्ड सफल भएको जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म १६ वटा खानेपानी उपभोक्ता समिति बोर्डमा हस्तान्तरण भइसकेका छन् । नगर क्षेत्रभित्रको वडा नम्बर ११, १२ र १३ मा भने स्थानीय उपभोक्ता समितिबाट खानेपानी वितरण हुँदै आइरहेको उहाँले बताउनुभयो ।
हेटौँडा उपमहानगरले नगरवासीलाई शुद्ध पानी उपलब्ध गराउने उद्देश्यले विसं २०७९ भदौदेखि न्यूनतम १० हजार लिटर पानी महसुल निःशुल्क गर्दै आएको छ । त्यही कारणले १० हजार लिटरमात्र खानेपानी खपत गर्ने उपभोक्ता थप लाभान्वित भएका छन् । बोर्डले आफ्नै स्रोतबाट नगर क्षेत्रभित्र विभिन्न स्थानमा १५ वटा डिप ट्युबवेल निर्माण सम्पन्न गरेको जनाएको छ ।
मकवानपुरगढी गाउँपालिकामा तीन, भीमफेदी गाउँपालिकामा दुई र हेटौँडा–९ मा एक थान समवेल निर्माण निजी स्रोतमार्फत सम्पन्न भएको खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न १२ स्थानमा पम्प तथा पालेघर निर्माण सम्पन्न भएको छ ।
अध्यक्ष विष्टले बोर्डले करिब चार सय किलोमिटर प्रमुख तथा शाखा पाइपलाइन विस्तार सम्पन्न गरेको छ । सङ्घीय सरकारको खानेपानी तथा ढल व्यवस्थापन आयोजना, हेटौँडा उपमहानगरपालिका र बोर्डको सहलगानीमा करिब १५ करोड रुपैयाँमा ‘ओभरहेड’ पानीट्याङ्की एक, भूमिगत पानीट्याङ्की तीन, ‘डिपबोरिङ’ चार, प्रमुख तथा शाखा पाइपलाइन विस्तार र विद्युतीकरणको कार्य सम्पन्न गरिएको अध्यक्ष विष्टले बताउनुभयो ।
सङ्घीय सरकारको करिब ८ करोड रुपैयाँको लगानीमा हेटौँडा–१९ बस्तीपुरमा डिपबोरिङ, ओभरहेड पानीट्याङ्की, कार्यालय भवन तथा पालेघर निर्माण, प्रमुख तथा शाखा पाइपलाइन विस्तार र विद्युतीकरणसम्बन्धी अधुरा रहेका योजना सम्पन्न गर्न बोर्डबाट ३ करोड रुपैयाँ लगानी गरी निर्माण सम्पन्नपश्चात् सेवा सञ्चालन भएरहेको छ ।
बागमती प्रदेश सरकारसँगको सहलगानीमा हेटौँडा–१९ बस्तीपुरमा समवेल निर्माण, हेटौँडा–१६ मा डिपट्युबवेल, त्रिशूलेमा पाँच लाख लिटर क्षमताको भूमिगत पानीट्याङ्की र करिब २० किमी प्रमुख तथा शाखा पाइपलाइन विस्तार सम्पन्न गरिएको बोर्डले जनाएको छ ।
हालसम्म बोर्डमा हेटौँडा–३, ६, ७, १४, १५, १६, १७, १८ र १९ मा सञ्चालित १६ वटा खानेपानी उपभोक्ता समितिबाट खानेपानीको पूर्वाधारसहित ९ हजार ५ सय धारा हस्तान्तरण भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै