+

विद्यालयमा खानेपानी महशुल छुट दिन गृहकार्य शुरु

काठमाडौँ ।  सामुदायिक विद्यालयमा खानेपानी जडान, वितरण तथा महशुल छुट दिन गठन भएको कार्यदलले आवश्यक गृहकार्य शुरु गरेको छ ।


खानेपानी मन्त्रालयका सहसचिव मीना श्रेष्ठको संयोजकत्वमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव समेत रहने गरी गठित  कार्यदलले कसरी खानेपानीको महशुल छुट गर्न सकिन्छ ? भन्ने विषयमा आवश्यक गृहकार्य अघि बढाएको खानेपानी मन्त्रालयले जनाएको छ ।

खानेपानीमन्त्री प्रदीप यादव तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईबीच केही साता पहिले सामुदायिक विद्यालयमा खानेपानी जडान, वितरण तथा महशुल छुटको विषयमा सहकार्य गर्ने सहमति भएसँगै त्यो कार्यदल गठन गरिएको थियो ।

विद्यालयमा उपलब्ध हुने खानेपानी सेवाको दीर्घकालीन व्यवस्थापनका लागि उपयुक्त मोडेल तयार गर्न खानेपानी तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच सहमति भएपछि कार्यदलले गृहकार्य थालेको टोलीका संयोजक एवं सहसचिव श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– ‘विद्यालयमा निःशुल्क रूपमा खानेपानी जडान, महशुल छुट तथा पानी वितरणको व्यवस्था मिलाउन मेरो संयोजकत्वमा कार्यदल गठन भएको थियो, कार्यदलले यस विषयमा आवश्यक गृहकार्य शुरु गरिसकेको छ ।’

कार्यदलले सामुदायिक विद्यालयमा खानेपानी जडान, वितरण तथा महशुल छुटको प्रक्रिया कसरी अघि बढाउने भन्नेबारे जानकारी सङ्कलन गर्दै आवश्यक सुझाव लिइरहेको संयोजक श्रेष्ठले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट