
बागलुङ । राष्ट्रिय समाचार समिति (रासस) का बलेवा समाचारदाता तारानाथ आचार्य र गलकोट समाचारदाता खेमराज गौतम पुरस्कृत हुनुभएको छ ।
प्रेस चौतारी नेपाल बागलुङको आठौँ जिल्ला अधिवेशनका अवसरमा आचार्य र गौतमलाई पुरस्कृत गरिएको हो ।
प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले प्रदान गर्दै आएको ‘क्रियाशील पत्रकारिता पुरस्कार’बाट आचार्य र ‘युवा क्रियाशील पत्रकारितका पुरस्कार’बाट गौतम पुरस्कृत हुनुभएको हो । पत्रकारद्वय आचार्य र गौतम २०७५ सालदेखि राससमा आबद्ध हुनुहुन्छ ।
उहाँहरुलाई प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले जनही १० हजार रुपैयाँ र दोसल्ल्ला ओढाएर सम्मान गर्नुभएको हो ।
‘क्रियाशील पत्रकारिता पुरस्कार’ प्रेस चौतारी जिल्ला शाखा बागलुङले विसं २०७२ मा र ‘युवा पत्रकारिता पुरस्कार’ २०७९ सालमा स्थापना गरेको अध्यक्ष सिर्जना पन्तले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन