
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पाठेघरको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप अभियान नेपाललाई भविष्यमा स्वस्थ बनाउन शुरु गरिएको बताउनुभएको छ ।
उहाँले यो खोपबाट कोही पनि किशोरी वञ्चित हुन नदिन सबैले आ–आफ्नो ठाउँबाट प्रचारप्रसार र सहयोग गर्न आग्रह गर्नुभयो । आज एचपिभी खोप अभियान २०८१ को शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले भन्नुभयो– ‘देशैभर खोप र जनशक्ति पुगेकाले लक्षित वर्ग खोपबाट नछुटून् भन्ने उद्देश्य सरकारको छ, निरोगी नेपाल बनाउन यसले सहयोग पुर्याउनेछ, भविष्यमा नेपाललाई स्वस्थ बनाउन अभियानले काम गर्नेछ ।’
स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले पाठेघरको मुखको क्यान्सरको समस्या सधैँका लागि समाधान गर्ने उद्देश्यले खोप अभियान सुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘हरेक वर्ष हामीले नियमित खोप तालिकामार्फत यो खोप किशोरीहरुलाई दिनेछौँ, प्रत्येक बालबालिकाको सुरक्षित भविष्य बनाउने सुनिश्चितता गर्न चाहन्छौँ ।’
कार्यक्रममा स्वास्थ्य विभागका महानिर्देशक डा विकास देवकोटाले १४५ देशमा प्रयोग भइरहेको यो खोप नेपालले पनि समावेश गर्न पाउँदा गर्व लागेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘देशमा नसर्ने रोगको भार बढिरहेको छ, जसमा क्यान्सरको भार झन् बढ्दो छ, हरेक दिन छ जनामा पाठेघरको मुखको क्यान्सर देखिने र चार जनाको मृत्यु हुने गरेको छ, त्यसैले किशोरावस्थामा नै एचपिभी खोप अभियान सुरु गरेका हौँ, यो विद्यालय केन्द्रित खोप अभियान हो, छुटेका र विद्यालय बाहिरका छात्रालाई खोप दिइनेछ ।’
मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपिभी खोप अभियान आगामी फागुन ६ गतेसम्म देशभर सञ्चालन गरेको छ । कूल १६ लाख ८८ हजार सात सय ६८ किशोरीलाई खोप दिइने लक्ष्य सरकारको छ ।
विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै