
काठमाडौँ । विद्याकी देवी सरस्वतीको पूजाअर्चना गर्न स्वयम्भूमा आज मेला लागेको छ । हरेक वर्षको माघ शुक्ल पञ्चमीका दिन मञ्जुश्रीको पूजा गर्न यहाँ विशेष मेला लागेको हो ।
काठमाडौँ महानगरपालिका–१५ मा अवस्थित स्वयम्भू विश्व सम्पदा सूचीमा सूचीकृत छ । स्वयम्भूसहित आसपासका सम्पदाको अवलोकन गरी भक्तजनले विधिपूर्वक चैत्यको पूजाआजा गरेका हुन् ।
भक्तजनहरूले सरस्वतीको मूर्तिको पूजाअर्चना गरेका छन् । विशेषगरी सानासाना बालबालिकालाई उनीहरूको अभिभावकले दर्शनका निम्ति मन्दिर लगेका थिए । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका सचिव चन्द्ररत्न बुद्धाचार्यका अनुसार सरस्वतीको पूजा तथा नजिक भित्तामा बालबालिकालाई लेख्न पनि लगाइएको छ । यसो गर्दा राम्रो लेख्न र पढ्न सक्छन् भन्ने विश्वास छ ।
आजैकै दिन बालबालिकालाई अक्षरारम्भ गराइन्छ । वसन्त पञ्चमीको दिन मञ्जुश्रीको दर्शन तथा पूजाआजा गरेमा बच्चा ज्ञानी हुन्छ भन्ने मान्यता छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र बुद्धि बढ्ने तथा चेतनाको ज्योति पाइन्छ भन्ने विश्वास छ ।
विशेषगरी विभिन्न धार्मिक गतिविधि गरिने उक्त स्थलमा हिनयान, महायानलगायत सबै सम्प्रदायका बौद्ध अनुयायीले आस्था प्रकट गर्ने जानकारी दिँदै उहाँले बौद्ध साहित्य एवं दर्शनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा सकारात्मक सन्देश प्रवाह गर्न सकेमा धार्मिक पर्यटनमा अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै