
काठमाडौँ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसका नेता तेजप्रसाद रिजालको निधन भएको छ ।
ट्रेड युनियनमा आबद्ध नेपाल इम्बोइडरी ह्याण्डिक्राफ्ट तथा सिलाइबुनाइ श्रमिक सङ्घका अध्यक्ष समेत रहनुभएका रिजालको गएराति हृदयघातका कारण निधन भएको ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष तेजेन्द्रजङ्ग कार्कीले जानकारी दिनुभयो ।
रिजालको निधनप्रति नेपाल ट्रेड युनियन कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ । युनियनका महासचिव अजयकुमार राईले आज शोक विज्ञप्ति जारी गरी रिजालको निधनले नेपालको श्रमिक आन्दोलनमा ठूलो क्षति पुगेको बताउनुभयो । ट्रेड युनियन कांग्रेसले रिजालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
युनियनको आज बसेको आकस्मिक बैठकले ट्रेड युनियन कांग्रेसको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालय आज एक दिन बन्द गर्ने, तीन दिनसम्म आधा झण्डा झुकाउने साथै तीन दिनसम्म युनियनका कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको महासचिव राईले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै